विराटनगरमा शुक्रबारदेखि प्याब्सन स्पोर्ट्स मिट

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ माघ, २०८१
२ वर्षअघि

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङले माघ १८ गतेदेखि १४औं संस्करणको प्याब्सन स्पोट्र्स मिट गर्ने भएको छ ।

मंगलबार प्याब्सन मोरङको कार्यालयमा पत्रकार सम्मेलन गरी १८ गतेदेखि २० गतेसम्म विराटनगरका विभिन्न मैदानहरूमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो ।

तीन दिनसम्म हुने प्रतियोगितामा जिल्लाभरिका २ सय १० वटा प्याब्सनमा आबद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले २५ वटाभन्दा बढी प्रतियोगितामा भाग लिनेछन् ।

२०६३ सालदेखि प्रत्येक वर्ष हुँदै आएको प्रतियोगितालाई यसपटक केही परिमार्जित गर्दै २५ विधामा स्पर्धा गराउन लागिएको हो ।

यसअघि दुई दर्जन ‘इभेन्ट’ मा खेलकुद गराएको स्मरण गराउँदै प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले आगामी संस्करणमा झन् बढी विधामा स्पर्धा गराउने लक्ष्य लिइएको सुनाए ।

प्याब्सन स्पोट्र्स मिटमा कक्षा १० सम्मका छात्र र छात्रातर्फ गरी मैदानमा खेलाइने लङ जम्प, हाई जम्प, ट्रिपल जम्प, सर्ट पुट र जेभलिन थ्रो का स्पर्धा हुनेछन् । यस्तै सोही कक्षाका फिल्ड इभेन्टमा भलिबल, टेबल टेनिस र फुटबल यू–१५ का स्पर्धाहरू हुनेछन् ।

ट्रयाक इभेन्टतर्फ कक्षा १० सम्म छात्र र छात्राहरूको अलग–अलग १ सय मिटर, २ सय मिटर, ४सय मिटर, ८ सय मिटर, १५ सय मिटर दौड हुनेछ ।

यसैगरी सय गुणा ४ मिटर रिले दौड र ४ सय गुणा ४ मिटर रिले दौडका स्पर्धा हुने प्याब्सन मोरङले जनाएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरूको लागि भने छात्रतर्फ भलिबल, फुटबल, टेबल टेनिस, बास्केटबल र म्याराथनका स्पर्धा हुनेछन् भने छात्रातर्फ भलिबल, टेबल टेनिस र म्याराथनका स्पर्धाहरू हुने छन् ।

कक्षा ११ र १२ मा हिसान खेल सप्ताहमा सहभागी स्कुलले भने सहभागी हुन पाउनेछैनन् ।

प्रतियोगितामा विजेताहरूलाई मेडल तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्घाटन गर्ने स्पोर्ट्स मिटका खेलहरू सहिद मैदान, विराटनगर जुटमिलको खेलमैदान र एभरेस्ट कलेजको खेलमैदानमा हुनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त लागत सहभागी विद्यालयलहरूको रजिस्ट्रेसन शुल्का साथै प्याब्सनको आन्तरिक स्रोतबाट व्यवस्थापन हुने बताइएको छ ।

प्रकाशित समय: मङ्गलबार १५ माघ, २०८१, २१:४३:४८
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०