रास्वपाको दाबी : रवि लामिछाने पक्राउ पर्नुअघि कै अवस्थामा पार्टी छ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
१ वर्षअघि

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी अहिले पनि कमजोर अवस्थामा नभएको दाबी गरेका छन् ।

न्युज एजेन्सी नेपालसँगको अन्वर्तार्ताका क्रममा अर्यालले सभापति रवि लामिछाने पक्राउ पर्नुभन्दा अघिकै अवस्थामा पार्टी रहेको जिकिर गरे ।

‘रास्वपा फैलँदो अवस्थामा छ । रास्वपा इन्स्ट्यिुसन (संस्था) बनिसकेको छ । यो पार्टी आफैंमा संस्था बनिसकेको छ,’ कार्यवाहक सभापति अर्यालले भनेका छन्, ‘त्यसकारण पार्टी सभापति आफ्नो कानुनी लडाईं लड्दै गर्दा पनि पार्टी आफ्नो ठाउँमा चलिरहेको छ । अहिले रास्वपा सभापति पक्राउ पर्नुभन्दा अगाडिकै अवस्थामा छ । कमजोर छैन ।’

सभापति लामिछाने हिरासतमा हुँदा पार्टीलाई अझै स्थापित गर्न आफूहरू लागिरहेको उनले बताए ।

‘पार्टी सभापतिले कानुनी लडाईं लड्दै गर्दा हामी पार्टीलाई अझै स्थापित गर्दै जानुपर्छ भन्ने कुरालाई लिएर अगाडि बढिरहेका छौं,’ उनले भने, ‘त्यो स्थापित गर्नु भनेको जनताको मुद्दामा बसहगर्नु नै हो मुद्दालाई अपनत्व दिनु हो । त्यसकारण रास्वपा अझै बलियो भएर अघि बढेको छ ।’

अबको अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सकिन्छ भन्ने आफूहरूलाई लागेको उनको जिकिर गरे ।

‘आउँदो अधिवेशनबाट राम्रो उपस्थिति देखाउन सक्छौं भन्ने हामीलाई लागेको छ । रास्वपा माथिको चिन्ता र अविश्वासको अन्त्य गर्नको लागि पनि आउँदो अधिवेशन हाम्रो लागि महत्त्वपूर्ण हुन्छ,’ उनले भने ।

प्रकाशित समय: बिहिबार १० माघ, २०८१, १५:०६:२१

सम्बन्धित खबर

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

शनिवार १९ ब‌ैशाख, २०८३
१८ घण्टाअघि

नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने

शनिवार १९ ब‌ैशाख, २०८३
१९ घण्टाअघि

रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने

शनिवार १९ ब‌ैशाख, २०८३
२१ घण्टाअघि

‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव

शनिवार १९ ब‌ैशाख, २०८३
२२ घण्टाअघि

अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा

शनिवार १९ ब‌ैशाख, २०८३
१ दिनअघि

संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो

शुक्रबार १८ ब‌ैशाख, २०८३
२ दिनअघि
इरान–तेल प्रकरण: चीनले अमेरिकाको निर्णय नमान्ने
आईतबार २० ब‌ैशाख, २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०