रियल मड्रिड च्याम्पियन्स लिगको प्लेअफमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ वर्षअघि

विराटनगर । स्पेनिस क्बल रियल मड्रिडले युरोपको सबैभन्दा ठुलो क्बल फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको प्लेअफमा स्थान पक्का गरेको छ ।

साल्जबर्गविरुद्ध ५–१ गोलको जित निकाल्दै रियलले च्याम्पियन्स लिगको प्लेअफमा स्थान पक्का गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियर र रोड्रिगोले दुई-दुई गोल गरे भने किलियन एम्बाप्पेले एक गोल गरे ।

भिनिसियसले खेलमा ९९औं र १००औं गोल गर्दै आफ्नो कीर्तिमान पूरा गरे । च्याम्पियन्स लिगमा भिनिसियसले २८ गोल गरिसकेका छन्, जसले उनलाई ब्राजिलियन शीर्ष गोलकर्ताको सूचीमा तेस्रो स्थानमा पुर्‍याएको छ।

नेयमार ४३ गोलसहित शीर्ष स्थानमा छन् भने काका ३० गोलसहित दोस्रो स्थानमा छन् ।

तर, रियलका अनुसार भिनिसियसले क्लबका लागि १०१ गोल गरेका छन् । यो फरक मतको कारण एक ला लिगा गोललाई लिएर हो, जसलाई धेरैले आत्मघाती गोल मान्छन् ।

रियल च्याम्पियन्स लिगको १५ पटकको कीर्तिमानी च्याम्पियन हो ।

यसपटकको नयाँ फर्म्याटमा सुरुआती ६ खेलमध्ये तीन खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिने जोखिममा थियो ।

उनी म्यान अफ द म्याच घोषित भए।

यो जितसँगै रियल ३६ टोलीको लिग चरणमा १६औं स्थानमा पुगेको छ ।

रोड्रिगोले रियलका लागि दुई गोल थपे भने साल्जबर्गका गोलकिपर जानिस ब्लासविचको गल्तीको फाइदा उठाउँदै किलियन एमबाप्पेले अर्को गोल गरे ।

रोड्रिगोले पछिल्ला चार खेलमा पाँच गोल गरेका छन् भने भिनिसियसले दुई खेलमा तीन गोल गरेका छन् । एमबाप्पेले पनि पछिल्ला चार खेलमा पाँच गोल गरेका छन् ।

जुड बेलिङ्घमले भिनिसियसको एक गोलका लागि उत्कृष्ट ब्याक–हिल पास दिएका थिए ।

तर, उनी ६४औं मिनेटमा पिठ्युँको चोटका कारण मैदान छाड्न बाध्य भए । प्रशिक्षक एन्सेलोटीका अनुसार उनको चोट गम्भीर छैन ।

रियलले आफ्नो अर्को खेल फ्रान्सेली क्लब ब्रेस्टसँग खेल्नेछ ।

प्रकाशित समय: बिहिबार १० माघ, २०८१, ०७:४०:०३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०