नयनले गरी छेडखानी तिमीले
बनायौ मेरो मन खरानी तिमीले
न धेरै मिल्यो धन न पायौ खुसी नै
फगत बैँस राख्यौ जमानी तिमीले
पटक्कै नलाग्ने भयो प्यास कसरी
पियौ कुन पँधेरीको पानी तिमीले
छ बल्ने जवानी छ क्या रूप भन्दै
हमेसा गर्यौ खुब फुटानी तिमीले
हुँदा माग पूरा सबै हेर तिम्रा
गरेँ माफ भन्थ्यौ रिसानी तिमीले