भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौं । भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

संयुक्त विद्यार्थी संगठनले सोमबार माइतीघरमा भेला भएर भारतको उक्त निर्णयको विरोध गरेका हुन्। प्रदर्शनकारीहरूले लिपुलेक क्षेत्र नेपालको भूभाग भएको दाबी गर्दै भारतको कदमप्रति आपत्ति जनाएका थिए।

यस विषयमा नेपाल सरकार भने आफ्नो अडानमा स्पष्ट देखिएको छ। सरकारले उक्त यात्रा सञ्चालन हुने क्षेत्र नेपालको भएको दोहोर्‍याउँदै आफ्नो भौगोलिक अखण्डताप्रति प्रतिबद्ध रहेको जनाएको छ।

भारतले केही दिनअघि लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको घोषणा गरेको थियो। भारतीय पक्षका अनुसार सन् २०२६ को जुनदेखि अगस्टसम्म यात्रा सञ्चालन हुनेछ।

यसैबीच, परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदै उक्त विवादित भू–भागमा कुनै पनि गतिविधि नगर्न दुवै छिमेकी देश भारत र चीनलाई आग्रह गरेको छ।

उता भारतले भने उक्त मार्ग पुरानै यात्राको हिस्सा भएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालय द्वारा जारी विवरणअनुसार यस वर्ष २० समूहलाई यात्रामा सहभागी गराइनेछ, जसमा १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र अन्य १० समूह सिक्किमको नाथु ला पासबाट जानेछन्। प्रत्येक समूहमा ५० जना यात्रु रहने बताइएको छ।

प्रकाशित समय: सोमबार २१ ब‌ैशाख, २०८३, १६:४४:४१
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०