ग्रामथान गाउँपालिका अध्यक्षका लागि एमालेबाट तुल्सीराम विश्वासलाई टिकट

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । नेकपा एमाले प्रदेश कमिटीले शनिबार अध्यक्ष पदका उम्मेदवारको नाम तय गरेको हो ।

कमिटीले अध्यक्षका उम्मेदवारका रूपमा तुल्सीराम विश्वासलाई टिकट दिने निर्णय गरेको हो । विश्वास पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष हुन् ।

Advertisement

गाउँपालिका कमिटीले ११ जना आकंक्षीको नाम सिफारिस गरेर जिल्लामा पठाएको थियो । जिल्लाले सुझावसहित प्रदेश कमिटीमा नाम पठाएको थियो ।

प्रदेश कमिटीबाट सिफारिस भई आएका उम्मेदवारको नाम शनिबार बसेको सचिवालय बैठकले विश्वासको नाम अनुमोदन गरेको हो ।

यसअघि नै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार तय गरिसकेका छन् । कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अध्यक्षका लागि कांग्रेसबाटै १३ जना आकांक्षी रहेकामध्ये सरदारलाई छानिएको हो ।

यसअघि नै माओवादी केन्द्रले भने यसअघि नै पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

माझी कांग्रेस छाडेर माओवादी प्रवेश गरेका हुन् । उनी यसअघि २०७४ सालमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर उनी ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए ।

कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका हुन् ।

ग्रामथानसहित देशका विभिन्न पालिकाहरूमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

२०७९ वैशाख ३० गते भएको चुनावमा निर्वाचित नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारूको निधन भएपछि उक्त पद रिक्त छ ।

गत वर्षको माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस् भएका थारूको उपचारका क्रममा गत असार ३ गते निधन भएको थियो ।

गच्छदारको निधन भएयता उपाध्यक्ष गुणावतीदेवी थारूले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
८ घण्टाअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
१७ घण्टाअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
२ दिनअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०