दशैंमा रातो मासु खाने योजना बनाउँदै हुनुहुन्छ ? यो पढ्नुहोस्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ असोज, २०८१
२ वर्षअघि

विराटनगर । दशैं सुरु भइसकेको छ । आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठा-मीठा खानेकुरा खाने चाड हो दशैं ।

दशैंको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ ।

मासुबिना दशैं अधुरो मानिन्छ । तर दशैंमा धेरै मासु खाँदा अपचको समस्या भई स्वास्थ्यमा समस्या समेत आउन सक्छ ।

पछिल्लो एक अध्ययनका अनुसार रातो मासुको अत्यधिक सेवनले कोलोन क्यान्सर हुने खतरा बढाउँदछ ।

अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार रातो मासु कार्सिजेनिट (क्यान्सर पैदा गर्नसक्ने) खाना हो ।

रातो मासुले मानिसको डिएनएलाई क्षति पुर्‍याएर क्यान्सरको जोखिम बढाउन सक्छ ।

कोलोन क्यान्सरबाट पीडित नौ सय बिरामीको डिएनए जाँचसहित अन्य अनुसन्धान गरेको दाना–फार्बर क्यान्सर संस्थानका विज्ञ मारियोस गियानकिस बताउँछन् ।

अनुसन्धानको क्रममा बिरामीहरूको डिएनएमा देखिएको परिवर्तन पहिले कहिल्यै नदेखिएको उनको भनाइ छ ।

यस परिवर्तनले मानिसको डिएनएमा क्षति भएको प्रमाणित गरेको छ ।

उक्त परिवर्तन शरीरको सबै कोशिकामा नभई कोलोनबाट लिइएको नमूनाहरूमा मात्र देखापरेको थियो ।

वैज्ञानिकका अनुसार रातो मासुमा पाइने नाइट्रेटले पनि क्यान्सर निम्त्याउँछ ।

यसअघि विभिन्न अनुसन्धानमा धुम्रपान गर्ने बानी भएका, अल्ट्रा भायलेट किरणहरूले मानवको जीनमा नराम्रो प्रभाव पार्छ र नतिजास्वरूप क्यान्सरको जोखिम बढ्ने कुरा प्रमाणित भइसकेको छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का अनुसार कोलोन क्यान्सरले महिला र पुरुष दुबैलाई असर गर्छ ।

यो प्रायः ५० वर्ष वा माथिका व्यक्तिमा बढी देखिने पाइएको छ ।

अमेरिकी क्यान्सर सोसाइटीका अनुसार कोलोरेक्टल क्यान्सरको जोखिमबाट बच्नका लागि उत्तम तरिका भनेको नियमित जाँच गर्नु हो ।

लक्षण नदेखिँदा पनि स्क्रिनिङ प्रक्रियाअन्तर्गत क्यान्सर भए–नभएको पत्ता लाग्न सक्छ ।

कोलन क्यान्सरलाई कोलोरेक्टल क्यान्सर वा ठूलो आन्द्राको क्यान्सर पनि भनिन्छ ।

यो क्यान्सर ठूलो आन्द्रा (कोलोन) वा मलाशय (ग्यास्ट्रो–इन्टेस्टाइनलको अन्तिम भाग) मा देखा पर्छ ।

कोलोन क्यान्सर भएमा पेटसँग सम्बन्धित धेरै समस्याहरू देखिन सक्छ । (भास्कर डट कमबाट)

प्रकाशित समय: बिहिबार २४ असोज, २०८१, १७:३०:१५

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 
आईतबार ३१ जेठ, २०८३
च्याटजिपिटीसँगको संवादपछि युवतीको मृत्यु, ओपनएआईविरुद्ध मुद्दा
आईतबार ३१ जेठ, २०८३
कोशी प्रदेशमा अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउन विराटनगरमा अनुसन्धान गोष्ठी 
आईतबार ३१ जेठ, २०८३
इस्कोनमा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
आईतबार ३१ जेठ, २०८३
पूजाका लागि फूल टिप्न निस्किएकी पद्माको हात्ती आक्रमणमा मृत्यु
आईतबार ३१ जेठ, २०८३
कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०