किन मान्छेलाई अत्यधिक वा पटक–पटक प्यास लाग्छ ? जानिराखौं कारणहरू

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ असोज, २०८१
२ वर्षअघि

विराटनगर । तापक्रम उच्च भएको बेलामा वा गर्मीको समयमा तिर्खा लाग्नुलाई सामान्य मानिन्छ ।

अत्यधिक पसिना आउँदा, भारी व्यायाम गर्दा, अत्यधिक काम गर्दा, मसालेदार वा चिल्लो खानाको सेवन गर्दा पनि मानिसलाई तिर्खा लाग्ने हुन्छ ।

Advertisement

शरीर पानीको मात्रा कम भइरहेको वेला अङ्गहरूले कुनै बाधाबिना आफ्नो काम जारी राख्नका लागि पुनः पानी भर्न आवश्यक हुँदा तिर्खा लाग्ने हुन्छ ।

तर लगातार कुनै ठोस कारणबिना तिर्खा लागेमा यो कुनै स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।

धेरै स्वास्थ्य स्थितिले पटक–पटक तिर्खा लागेको महसुस गराउन सक्छ ।

शरीरमा पानीको मात्रा नपुग्दा डिहाइड्रेसन हुन सक्छ जसमा थकान र दृष्टि धमिलो हुने जस्ता सङ्केत पनि देखिन ।

अत्याधिक तिर्खा लाग्ने पाँच कारणः

मधुमेहको समस्या भएमाः शरीरमा भएका कोषहरू इन्सुलिन प्रतिरोधी भएपछि मिर्गौलाले रगतबाट अधिक चिनी हटाउन कडा परिश्रम गर्नुपर्ने हुन्छ ।

जसकारण पटक–पटक पिसाब लाग्ने हुन्छ ।

शरीरबाट निष्कासन भएको पानीलाई आपूर्ति गर्ने संकेतको आधारमा पहिलेभन्दा धेरै तरल पदार्थ पिउन मनलाग्ने हुन्छ र अत्यधिक मात्रामा तिर्खा लाग्छ ।

लगातार पिसाब लाग्नु र अत्यधिक तिर्खा लाग्नु मधुमेहका दुई प्रारम्भिक लक्षण हुन् ।

एनेमिया अर्थात् रक्तअल्पताः शरीरमा हेमोग्लोबिन बनाउन पर्याप्त रातो रक्त कोषहरू नहुदा मानिसलाई एनेमिया हुने गर्छ ।

आहारमा समस्या, धेरै रक्तस्रावलगायतका विभिन्न कारणहरूले एनेमिया हुन सक्छ ।

डिहाइड्रेसन एनेमियाको सामान्य सङ्केत हो । जसकारण मानिसहरूलाई अत्यधिक तिर्खा लागेको महुसुस हुन्छ ।

हाइपरक्यालसेमियाः तिर्खा महसुस हुनु हाइपरक्यालसेमिया (शरीरमा क्याल्सियमको स्तर अत्याधिक बढ्ने अवस्था) को पहिलो वा सरुआती लक्षण हुन सक्छ ।

यो ओभर्याक्टिक प्याराथायराइड ग्रन्थीहरू, क्षयरोग र क्यान्सरको कारण हुन सक्छ । रगतमा क्याल्सियमको अत्यधिक मात्राले हड्डीहरूलाई कमजोर पार्ने तथा मिर्गौलामा ढुङ्गाको विकास गर्न सक्छ ।

मुख सुक्खा हुँदाः मुख सुक्खा हुँदा वा र्‍याल बनाउने ग्रन्थीहरूले पर्याप्त र्‍याल नबनाउँदा अत्यधिक तिर्खा लागेको महसुस हुन सक्छ ।

यो क्यान्सर, सुर्तीजन्य प्रयोग, केही औषधि वा कुनै रोगको उपचारका कारण हुन सक्छ ।

गर्भावस्थामाः गर्भावस्थाका धेरै लक्षणहरूमध्ये तिर्खा लागेको महसुस हुनु पनि एक हो ।

पहिलो त्रैमासिकको क्रममा गर्भवती महिलाको शरीरमा रगतको मात्रा बढ्छ, जसले मिर्गौलालाई अधिक तरल पदार्थ बनाउन बाध्य तुल्याउँछ ।

जसकारण धेरै मात्रामा पिसाब लाग्छ ।

शरीरबाट निष्कासन भएको पानीलाई आपूर्ति गर्नका लागि गर्भावस्थाको पहिलो तीन महिनामा अत्यधिक तिर्खा लाग्ने हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०