चोटका कारण जित्न सकिनन् एरिकाले ‘गोल्ड’, ऐतिहासिक पदक जितेर फर्किइन् नेपाल !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ८ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । चीनको हाङझावमा भएको २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा ऐतिहासिक रजत पदक जित्न सफल एरिका गुरुङ मंगलबार नेपाल फर्किइन् ।

आज त्रिभुवन विमानस्थलमा पदक विजेता एरिका, उनका प्रशिक्षक कुशल श्रेष्ठ र नेपाली टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

गत आइतबार भएको महिला ६८ केजीमाथि तौलसमूहमा एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसंग ६–० ले पराजित भएकी थिइन् ।

यद्यपि एरिकाले जितेको रजत कुनै पनि नेपाली कराते खेलाडीले एसियाली सिनियर करातेमा जितेको पहिलो पदक हो ।

सन् २०१८ मा जापानमा भएको एसियाली कराते च्याम्पियनसिप भने एस्टर राईले यु–२१ उमेरसमूहमा कांस्य जितेका थिए ।

एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० तथा क्वाटरफाइनलमा सोफ्या बेरुल्टसेभालाई पराजित गरेकी  थिइन् ।

एरिका र सोफयाबीचको खेल १–१ को बराबरीमा टुंगिएपछि ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भएकी थिइन् ।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउँदै फाइनल यात्रा तय गरेकी थिइन् ।

तर, स्वर्णका लागि भएको स्पर्धामा भने एरिकाका लागि चोट बाधक बन्यो । स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएकोमा उनको दुःखेसो छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा लागेको चोटका कारण फाइनलमा समस्या भएको बताउँदै उनले भनिन्, मेरो लक्ष्य स्वर्ण नै जित्ने नै थियो । तर पनि विपक्षी धेरै राम्रो रहेको र घुँडामा लागेको चोटले गर्दा पनि नतिजा सोचेअनुरूप भएन ।’

फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै आफ्नो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा योभन्दा राम्रो नतिजा ल्याउने उनले विश्वास दिलाइन् ।

उक्त अवसरमा नेपाली टोलीका प्रशिक्षक कुशल श्रेष्ठले पहिलोपल्ट सिनियर एसियन च्याम्पियनसिपमा जितेको पदक सम्पूर्ण नेपालीमा समर्पित गर्दै फाइनलसम्म एरिकाको प्रदर्शनबारे पनि चर्चा गरे ।

कुशलले चोटका कारण एरिकाले फाइनलमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको र फाइनलमा एरिकाको प्रतिद्वन्द्वी भियतनामकी खेलाडी धेरै अनुभवी रहेकाले पनि स्वर्ण जित्न असफल भएको बताए ।

प्रशिक्षक कुशलले जित र हार एउटा खेलाडीको जीवनमा आइरहने भएकाले यसलाई शिक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

यसअघि एरिका चीनकै हाङझाउमै भएको १९औं एसियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्नबाट चुकेकी थिइन् ।

समग्रमा पाँचौ अन्तर्राष्ट्रिय सहभागितामा एरिकाले सबैमा पदक जितेकी छन् ।

यसअघि उनले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

त्यसभन्दा अगाडि भने अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

प्रकाशित समय: मङ्गलबार ८ असोज, २०८१, २१:४१:१४
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०