महिला लिगमै सर्वाधिक गोलान्तर : सुदूरपश्चिमको पोस्टमा एपिएफले हान्यो १९ गोल !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ असोज, २०८१
२ वर्षअघि

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई १९–० गोलले हराएको हो ।

यो जारी लिगकै सर्वाधिक गोल अन्तरको जित हो । यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई नै १४–१ गोलले हराएको थियो ।

एपिएफको जितमा रश्मिकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरिन् । प्रीति राईले तीन गोल गर्दा कुसुम खतिवडा र सविता रानामगरको नाममा समान दुई गोल रह्यो ।

सरु लिम्बु, अनिता बस्नेत र रेनुका हमालले समान एक गोल आफ्नो नाममा टिपाइन् । एक गोल भने आत्मघाती रह्यो ।

जितसँगै शीर्ष स्थानमा रहेको एपिएफले आठ खेलमा २२ अंक पुर्‍याएको छ । समान खेल खेलेको सुदूरपश्चिम अंकविहीन छ ।

यसै गरी सोमबार नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कोशी प्रदेश १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

चन्द्रपुरका लागि सुनिता सुनारले सुरुवाती गोल गरिन् भने कोशीकी ममता राउतले खेलको अन्तिममा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

बराबरीसँगै आठ खेलबाट ११ अंक बनाएको कोशी पाँचौँ स्थानमा छ । समान खेलबाट आठ अंक बनाएको चन्द्रपुर सातौँ स्थानमा छ ।

प्रकाशित समय: सोमबार ७ असोज, २०८१, १९:४७:५१
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०