ओमानसँग पराजित भयो नेपाल

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ असोज, २०८१
२ वर्षअघि

विराटनगर । आइसिसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ ।

बिहीबार बिहान क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा नेपालले दिएको २२० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।

गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपालले हार बेहोरेको हो । यसअघि मंगलबार भएको पहिलो ओडिआइमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो ।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । ४८ औं ओभरमा गुलशनले विकेट मेडन फ्याँकेपछि ओमानलाई अन्तिम २ ओभरमा १ विकेट रहँदा १० रन चाहिएको थियो ।

४९ औं ओभरमा करण केसीले २ रन मात्र दिए । अन्तिम ओभरमा ८ रन आवश्यक पर्दा शकिल अहमदले दोस्रो बलमा चौका प्रहार गर्दै ओमानलाई जितनजिक पुर्‍या ए ।

अन्तिम २ बलमा २ रन आवश्यक हुँदा कलिमउल्लाहले चौका प्रहार गर्दै ओमानलाई जित दिलाए ।

ओमानका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाएका थिए । ओपनर सिंहलाई सन्दिप लामिछानेले आउट गराएका थिए ।

सिंहले ४९ बलमा ४१ रन बनाएर आउट भए । सिंह १६औं ओभरको पहिलो बलमा लामिछानेको एलबिडब्लु धरापमा परेका हुन् ।

ओमानका अर्का ओपनर कश्यप प्रजापतीले ५२ बलमा ३६ रन जोडे । प्रजापतीलाई आरिफ शेखले भाई आसिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । प्रजापती ५२ बलमा ३६ रन बनाउदै आउट भएका थिए ।

प्रजापतीले अर्का ओपनर सिंहसँग मिलेर ७५ रनको साझेदारी गरेका थिए । प्रजापती २०औं ओभरको दोस्रो बलमा आउट भएका थिए ।

कप्तान अकिब इल्यमसले ओमानले तेस्रो विकेटका रुपमा ओमानका कप्तान अकिब इल्यासलाई गुमाएको थियो । इल्यास २५औं ओभरको तेस्रो बलमा गुलसन झाको बलमा करण केसीबाट समातिएका हुन् ।

इल्यास ३३ बलमा २९ रन बनाउदै आउट भएका हुन् । प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे ।

नेपालका लागि गुलसन झाले १० ओभरमा ४७ रन खर्चिएर ५ विकेट लिए । करण केसीले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे । कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए । रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए ।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रन बनाएका थिए । झाले ३१ बलमा आफ्नो चौथो ओडिआई अर्धशतक पूरा गरेका थिए । महतवपुर्ण रन बनाउदै झा फैयज बटको बलमा आयान खानबाट समातिए ।

एक समय ३१ बनाउदा ३ विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपुर्ण साझेदारी गरे ।

आरिफले ८८ बलमा ३५ रन बनाउदै सकिल अहमदको बलमा कट बिहाइन्ड भए ।

सोमपाल कामी ८ बलमा २० रनमा आउट हुदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे । त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए ।

करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन् । अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए ।

अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन् ।

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए ।

जित पछि ओमान ५ खेलमा ५ अंकका साथ छटौं स्थानमा छ । पराजित नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ ।

यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।

ओडिआई सिरिज सकिए पछि तीन टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली‌ टोली अमेरिका जानेछ ।

प्रकाशित समय: बिहिबार ३ असोज, २०८१, ०६:११:३१
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०