ग्रामथानमा अध्यक्षका लागि माओवादीबाट नमोनारायण माझीलाई टिकट

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । स्थानीय तहमा रिक्त रहेको स्थानमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ ।

सोहीअनुरूप सरकारले स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन गर्न लागेको छ ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, ओखलढुंगा र उदयपुरमा गाउँपालिका अध्यक्षसहित सात पद रिक्त रहेका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएपछि उक्त पद रिक्त छ ।

गत वर्षको माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस् भएका थारूको उपचारका क्रममा गत असार ३ गते निधन भएको थियो ।

२०७९ वैशाख ३० गते भएको निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका गच्छदारको निधन भएयता उपाध्यक्ष गुणावतीदेवी थारूले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् ।

उक्त पदका लागि १४ जना आकांक्षीहरू देखिएका छन् । जसअनुरूप नेकपा माओवादी केन्द्रले भने उम्मेदवारको छिनोफानो नै गरेको छ ।

माओवादीले अर्कै पार्टीबाट प्रवेश गरेकालाई ग्रामथान गाउँपालिका अध्यक्षको टिकट दिएको हो ।

केही समयअघि मात्रै नेपाली कांग्रेस छाडेर माओवादी प्रवेश गरेका नमोनारायण माझीलाई सोमबार पार्टीले उम्मेदवार बनाएको हो ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माझीलाई अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो ।

उनी यसअघि २०७४ सालमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर उनी ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए ।

कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका हुन् ।

माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादीका नेताहरू सावित्रीकुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

माओवादी उम्मेदवार घोषणा गरिसक्दा कांग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेका छैनन् । तर, आकांक्षीहरूको भने लाइन नै छ ।

आकांक्षीहरूमध्येका प्रबल दाबेदार मानिएका नेकपा एमालेका नेता शिवनारायण माझी भने गत महिना जुवाको खालबाट पक्राउ परेका थिए ।

ग्रामथान गाउँपालिका-४ कटहरास्थित जुवाको अखडामा छापा हानेर मोरङ ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका माझीलाई प्रहरीले पक्राउ गरेको थियो ।

माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन् ।

उक्त निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट उठेका जयप्रकाश गच्छदार थारूलाई ५९ मतको झिनो मतान्तरले हराउँदै माझी ग्रामथान गाउँपालिकाको संस्थापक अध्यक्ष बनेका थिए ।

तर, उनी २०७९ वैशाख २८ गतेको स्थानीय तहको निर्वाचनमा जयप्रकाश गच्छदार थारूसँग १५ सय भोटले हारेका थिए ।

जुवाखालबाट पक्राउ परेका उनलाई एमालेले अध्यक्षको टिकट दिने सम्भावना घटेको छ ।

उनको स्थानमा एमालेले अरू कसैलाई अगाडि सार्ने सम्भावना छ ।

एमालेबाट अरू पनि अध्यक्षको आकांक्षी छन् । नवीन मण्डल, ओमकुमार खाँ, कृष्णकुमार माझी पनि ग्रामथान गाउँपालिका अध्यक्षका आकांक्षी रहेको बताइन्छ ।

कांग्रेसबाट भने सत्यनारायण भगत, शेखर विश्वास, एकाराम माझी, बलराम सरदार, तुलसी विश्वास, सूर्यनारायण चौधरी र सबिताकुमारी चौधरी आकांक्षी देखिएका छन् ।

यता, तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदार थारूका ‘पिए’ सुवास गच्छदारले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन लागेको बताइन्छ ।

ग्रामथानबाहेक कन्काई नगरपालिका–६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ भने तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६ ओखलढुंगाको मोलुङ गाउपालिका–६, उदपयुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–८ का वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ ।

प्रकाशित समय: सोमबार ५ कार्तिक, २०८१, २०:२४:३४
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
फिलिपिन्सको समर टापुमा ६.० म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
सोमबार २१ ब‌ैशाख, २०८३
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०