ग्रामथान गाउँपालिका अध्यक्षको आकांक्षी : पूर्वाध्यक्षदेखि पूर्वअध्यक्षका ‘पिए’ सम्म !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ३० साउन, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि आकांक्षीहरूको लर्को नै लागेको छ ।

अध्यक्ष जयप्रकाश गच्छदार थारूको निधन भएपछि रिक्त रहेको उक्त पदका लागि १४ जना आकांक्षीहरू देखिएका छन् ।

गत वर्षको माघ १० गते राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस् भएका थारूको उपचारका क्रममा गत असार ३ गते निधन भएको थियो ।

२०७९ वैशाख ३० गते भएको निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका गच्छदारको निधन भएयता उपाध्यक्ष गुणावतीदेवी थारूले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएकी छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ ।

सोहीअनुरूप निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको छ । आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ  ।

योसँगै ग्रामथानमा अध्यक्ष पदका आकांक्षीहरू लामबद्ध देखिएका हुन् ।

उक्त पदका लागि नेपाली कांग्रेसका सात, नेकपा एमालेका पाँच जना, नेकपा माओवादी केन्द्रका दुई जना र अरू दुई जनाले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको स्रोतले जनाएको छ ।

कांग्रेसका सत्यनारायण भगत, शेखर विश्वास, एकाराम माझी, बलराम सरदार, तुलसी विश्वास, सूर्यनारायण चौधरी र सबिताकुमारी चौधरी आकांक्षी देखिएका छन् ।

तथापि, सत्यनारायण भगत कांग्रेसका प्रबल दाबेदार रहेको स्रोतको भनाइ छ ।

एमालेका शिवनारायण माझी प्रबल दाबेदार हुन् ।

उनी २०७९ वैशाख २८ गतेको स्थानीय तहको निर्वाचनमा जयप्रकाश गच्छदार थारूसँग १५ सय भोटले हारेका थिए ।

त्यसभन्दा अघि २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट उठेका जयप्रकाशलाई ५९ मतको झिनो मतान्तरले हराउँदै माझी ग्रामथान गाउँपालिकाको संस्थापक अध्यक्ष बनेका थिए ।

माझीसँगै एमालेका तुलसी विश्वास, नवीन मण्डल, ओमकुमार खाँ, कृष्णकुमार माझी पनि ग्रामथान गाउँपालिका अध्यक्षका आकांक्षीहरू हुन् ।

नेकपा माओवादी केन्द्रबाट भने एलिसा चौधरी र सुनील भगत (झलक) अध्यक्ष पदका प्रत्याशी देखिएका छन् । एलिशा सरदार २०७९ को निर्वाचनमा उपाध्यक्षमा तेस्रो बनेकी थिइन् ।

उपाध्यक्ष गुणावती थारू र कांग्रेसकी भुखनीकुमारी माझीसँग कडा प्रतिस्पर्धा गरेकी एलिशा अब अध्यक्ष पदका भिड्ने तरखरमा छिन् ।

यस्तै, अघिल्लो निर्वाचनमा वडाध्यक्षमा चुनाव हारेका नमोनारायण माझी पनि अध्यक्षको उम्मेदवार बन्ने तरखरमा छन् ।

नमोनारायणले त्यसबेला ग्रामथान १ नम्बरको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

त्यसबाहेक तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदार थारूका ‘पिए’ सुवास गच्छदारले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिन लागेका छन् ।

यसरी हेर्दा सदाझैं कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

आयोगले नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु गरेको हो ।

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, ओखलढुंगा र उदयपुरमा गाउँपालिका अध्यक्षसहित सात पद रिक्त रहेका छन् ।

यस्तै, कन्काई नगरपालिका–६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएको छ भने तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६ ओखलढुंगाको मोलुङ गाउपालिका–६, उदपयुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–८ का वडाध्यक्षका लागि उपनिर्वाचन हुने छ ।

प्रकाशित समय: बुधबार ३० साउन, २०८१, २१:१९:२७

सम्बन्धित खबर

बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन

शुक्रबार ९ असोज, २०८३
७ घण्टाअघि

 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए

शुक्रबार ९ असोज, २०८३
८ घण्टाअघि

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो

शुक्रबार ९ असोज, २०८३
१० घण्टाअघि

एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

शुक्रबार ९ असोज, २०८३
११ घण्टाअघि

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द

शुक्रबार ९ असोज, २०८३
१२ घण्टाअघि

बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड

शुक्रबार ९ असोज, २०८३
१४ घण्टाअघि
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०