नेसन्स लिगमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी गोल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २१ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी हासिल गरेको छ ।

बिहीबार राति पोर्चुगलको राजधानी लिस्बनमा भएको खेलमा रोनाल्डो आफ्नो खेल क्यारियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियालाई २–१ ले पाखा लगाएको हो ।

यो गोलसँगै ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको कीर्तिमान बनेको छ । फुटबल क्यारियरमा क्लब र देशका लागि ९०० गोल गर्ने उनी पहिलो खेलाडीसमेत बनेका छन् ।

पोर्चुगलको जितमा रोनाल्डो र डियोगो डालोटले गोल गरे । क्रोएसियाले भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । सातौं मिनेटमा डियोगोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।

३४औं मिनेटमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–० को अग्रता बनायो । तर, ४१औं मिनेटमा क्रोएसियाले उपहार गोल पायो। पोर्चुगलका डालोटले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा खेल २–१ को अवस्थामा सकियो ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा खेलमा पोर्चुगल २–१ ले विजयी भयो । यसै समूहको खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गर्‍यो ।

प्रकाशित समय: शुक्रबार २१ भदौ, २०८१, ०७:५०:५२
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०