विराटनगर । युरोपेली फुटबल महासंघ (युईएफए) ले पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरेको छ ।
च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल गरेका ३९ वर्षीय रोनाल्डोलाई बिहीबार राति युइएफएले विशेष अवार्ड प्रदान गरेको हो ।
च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको कार्यक्रममा सम्मानित भएपछि रोनाल्डोले युइएफएप्रति आफ्नो कृतज्ञता व्यक्त गरेका छन् ।
हाल साउदी अरबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
च्याम्पियन्स लिगका इतिहासकै सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता खेलाडीसमेत रहेका उनी यस प्रतियोगिताका सर्वकालीन् महान खेलाडी हुन् ।
रोनाल्डोले च्याम्पियन्स लिगमा १८३ खेल खेल्दा कुल १४० गोल र ४२ असिस्ट गरेका छन् ।