साफ यु–२० फुटबल : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको फाइनल खेल बुधबार (आज) हुँदै छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा हुने फाइनल खेलमा घरेलु टोली नेपाल र बंगलादेश भिड्दैछन् ।

Advertisement

दिउँसो २ः३० बजेदेखि सुरु हुने खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

सेमिफाइनलमा दुवै टोलीले टाइब्रेकरमा बाजी मारेर फाइनल यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोल र बंगलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएको थियो ।

तीन पटकको विजेता भारतलाई हराएको बंगलादेश उच्च मनोबलमा रहेको छ ।

यता समूह चरणका बंगलादेशलाई २–१ गोलले हराएको नेपाल घरेलु मैदानको फाइदा बटुल्दै पुनः बंगलादेशलाई फाइनलमा स्तब्ध बनाउने तयारीमा छ ।

फाइनलअघि मंगलबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि आफूहरू तयार भएको बताए ।

नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले फाइनल पुग्दे दुवै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने बताए ।

यस्तै बंगलादेशका प्रशिक्षक मरुफुल हकले फाइनल यात्रासम्म आइपुग्दा उतारचढाव बेहोरेको बताए ।

पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको थियो । नेपालले समूहको पहिलो खेलमा श्रीलङ्कालाई १–० गोलले हराएको थियो ।

दोस्रो खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएर समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटानले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०