अस्ट्रेलियामा नेपाली टोली बन्यो ‘च्याम्पियन’, पायो २५ सय डलर पुरस्कार

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ भदौ, २०८१
२ वर्षअघि

विराटनगर ।  अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसंस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ ।

उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी थिए ।

Advertisement

जसमा टाकीन, भुटनिज कम्युनिटी एसोसिएसन अफ साउथर्न तास्मानिया (बिकास्ट) र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया (एबीएसएनटी) गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया (एनएफसीटी) र भियतनामको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए ।

सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटी प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिव सुवास खतिवडाले जानकारी दिए ।

उहाँका अनुसार ६ टिम सहभागी भएको खेल दुई समूहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’ बाट ग्रुप विजेताको रूपमा नेपाली टिम एनएफसीटी र ग्रुप ‘बी’ बाट भुटानी टिम ‘बीकास्ट’ फाइनल खेलमा भएको थियो ।

फाइनलमा १–० को अन्तरले नेपाली टिम विजयी भएको हो । विजयी नेपाली टिम एनएफसीटी ले २५ सय अस्ट्रेलियन डलरका साथै ट्रफी हात पारेको छ । दोस्रो हुने भुटानी टिम ‘बिकास्ट’ ले एक हजार अस्ट्रेलियन डलरका साथै ट्रफी पाएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०