विराटनगर । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार साँझतिर ३८ वर्षीय रोनाल्डोले च्यानल खोलेका हुन् ।
केही भिडियो सार्वजनिक हुन नपाउँदै तीन घण्टाको अवधिमा २० लाख फलोअर्स नाघेको छ ।
अल नासरबाट व्यावसायिक फुटबल खेल्दै आएका रोनाल्डोले आफ्ना र गर्लफ्रेन्डका भिडियोहरू सार्वजनिक गर्न युट्युब च्यानल खोलेका हुन् ।