विराटनगरमा कर्पोरेट लेभलको विराट फुटसल च्याम्पियन्सिप हुँदै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २४ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संरक्षणमा कर्पोरेट लेभलको विराट फुटसल च्याम्पियन्सिप हुने भएको छ ।

बिहीबार टाइसिट सार्वजनिक गर्दै च्याम्पियन्सिपका आयोजक मञ्जिना मुभि क्रिएसनका निर्देशक जतिन ताम्राकारले शुक्रबारबाट सुरु हुने च्याम्पियन्सिपमा विराटनगरका १० वटा टोलीको सहभागिता रहने बताए ।

२७ गतेसम्म आयोजना हुने च्याम्पियन्सिपमा विजेता टोलीले ट्रफीसहित २५ हजार रुपैयाँ हासिल गर्ने बताएका संयोजक ताम्राकारले विराटनगरमा लामो समयपछि कर्पोरेटस्तरको फुटसल हुन लागेको उल्लेख गरे ।

च्याम्पियन्सिप अन्तर्गत समूह ‘ए’ को तीनवटा खेल शुक्रबार बिहान र समूह ‘बी’ को खेल शनिबार हुने आयोजक पक्षले जनाएको छ ।

च्याम्पियन्सिपमा नेपाल फुलबारी, टिमुरे रेष्टुरा, पूर्वाञ्चल पेपर, एमएम ग्रुप, न्यूरो अस्पताल, एबी होटल, नेपाल पत्रकार महासंघ मोरङ र सीताराम फार्मेसीको सहभागिता रहेको छ ।

शुक्रबार बिहानबाट सुरु हुने खेलअन्तर्गत पहिलो खेलमा पावर जिमले एमएम ग्रुपको सामना गर्ने भएको छ ।

त्यसैगरी, सोही बेलुका दोस्रो खेलमा न्यूरो अस्पतालले सीताराम फार्मेसीको सामना गर्ने आयोजकले जनाएको छ ।

नक आउटका आधारमा हुने खेलमा पावर र एमएमको विजयी टोलीले दोस्रो खेलमा सिंहासन रेष्टुरासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी, शनिबार पहिलो खेलमा बेलुका टिमुरे रेष्टुराले नेपाल पत्रकार महासंघ मोरङको सामना गर्नेछ । दोस्रो खेलमा एबी होटलले नेपाल फुलबारीसंग खेल्नेछ ।

स्थानीय जाम्बुरे नेक्सस लञ्जमा सेमिफाइनल र फाइनल खेल आइतबार बेलुका हुने आयोजक पक्षका निर्देशक ताम्राकारले जानकारी दिए ।

प्रकाशित समय: बिहिबार २४ जेठ, २०८१, १७:१८:२१
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०