सन्दीपलाई विश्वकप खेल्ने टोलीमा समावेश गर्ने क्यानको तयारी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ जेठ, २०८१
२ वर्षअघि
नेपालको कप्तान

विराटनगर । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई आइसिसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेस्टइन्डिज पठाउने तयारी गरेको छ ।

जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले जबर्जस्ती करणी मुद्दामा सफाइ दिएपछि क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने तयारी गरेको हो ।

Advertisement

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेले बुधबार सफाइ पाएका थिए । उच्चले सफाइ दिएपछि खेलमा फर्कन पाउने गरी बुधबार नै क्यानले उनको निलम्बन फुकुवा गरेको थियो ।

फैसलापछि लामिछानेले आफूलाई फसाइएको बताउँदै अब क्रिकेटमै फर्किने बताएका छन् ।

‘धेरै तरिकाले फसाएर नभएको अपराधमा दोषी करार गरिएको थियो । अन्त्यमा हामी यहाँ आइपुगेका छौँ । यो फैसलाको सम्मान गर्छु,’ उनले भनेका छन् ।

नेपाली क्रिकेटलाई आफूले माथि पुर्‍याउने उनको भनाइ थियो ।

यता, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपको निलम्बन फुकुवा भएको र विश्वकपमा टिममा समावेश गर्ने तयारी रहेको बताए ।

आइसिसीको नियमअनुसार मे २५ सम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ ।

सोहीअनुसार अमेरिकामा रहेको १५ सदस्यीय टोलीबाट एक खेलाडीको नाम फिर्ता लिँदै सन्दीपको नाम पठाउने योजना क्यानको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध बलात्कार मुद्दा दर्ता भएपछि क्यानले २३ भदौ ०७९ मा उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

२८ पुसमा २० लाख धरौटीमा थुनामुक्त भएपछि सन्दीप पुनः अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका थिए । क्यानले १६ माघमा निलम्बन फुकुवा गरेको थियो । १५ फागुनमा सर्वाेच्च अदालतबाट अनुमतिसहित विदेशमा खेल्न जान पाएका थिए ।

१३ पुस ०८० मा जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि क्यानले २६ पुसमा अनिश्चितकालका लागि राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो ।

अब भने सन्दीपलाई अन्तर्राष्ट्रिय खेलमा सहभागी हुन बाटो खुलेको छ ।

नेपाली टोली अहिले वेस्टइन्डिजमा अभ्यासमा व्यस्त छ । नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक जना खेलाडी भने बाहिर ल्याउनुपर्छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

युएई सरकारले दियो १११ नेपाली नागरिकलाई आममाफी
मङ्गलबार २३ असार, २०८३
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने : गौरी कुमारी
मङ्गलबार २३ असार, २०८३
प्रधानमन्त्री र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
मङ्गलबार २३ असार, २०८३
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बस्दै
मङ्गलबार २३ असार, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा देवेन्द्र खत्री नियुक्त
मङ्गलबार २३ असार, २०८३
संखुवासभा र पाँचथरमा ओढार र खोल्सामा कसले लुकायो भरुवा बन्दुक?
मङ्गलबार २३ असार, २०८३
गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय
मङ्गलबार २३ असार, २०८३
अभिषेक गिरीलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालतको आदेश
सोमबार २२ असार, २०८३
बुढीगंगामा ‘नवप्रवर्तन प्रतियोगिता: दुनाटपरी बनाउने मेसिन प्रथम, आविष्कार केन्द्र स्थापनाको तयारी
सोमबार २२ असार, २०८३
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०