राजीनामा दिएर मार्गप्रशस्त गरिदिन मुख्यमन्त्री केदार कार्कीलाई आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ ब‌ैशाख, २०८१
२ वर्षअघि

विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गरेका हुन् ।

मंगलबार नेकपा एमाले र माओवादीले कोशी प्रदेससभा सचिवालयामा संकल्प प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थकमा रहेका छन् ।

संकल्प प्रस्ताव टेबुल गरेपछि एमाले प्रमुख सचेतक भण्डारीले सरकारलाई विशेष निर्देशन गर्नका लागि संकल्प प्रस्तावमार्फत सन्देश दिन संसदको अधिवेशन आह्वान भएको बताए ।

गत असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई समर्थन गरेको र असोज १ गते विश्वासको मत दिएको भए पनि परिस्थितिले उहाँलाई समर्थन र विश्वासको मत दिन नसकेको भण्डारीले बताए ।

एमाले र माओवादीले दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेको बताउँदै उनले भने, ‘संसदीय सर्वोच्चतामा अल्पमतमा परेपछि सरकारमा बस्न मिल्दैन । उँहा अल्पमतमा परेपछि सरकारको प्रमुख हुन मिल्दैन ।’

मुख्यमन्त्रीलाई अल्पमतमा परेको देखाउन यो अधिवेशनको आह्वान भएको बताउँदै उनले भने, ‘अल्पमतमा परेको देखेपछि यो सभा चलेको बेलै राजीनामा दिनु हुन्छ भन्ने आशा लिएको छु’

प्रदेशसभामा पेस गरिएको संकल्प प्रस्तावलाई समर्थन गर्दै माओवादी केन्द्रका उप्रेतीले प्रस्ताव पास नहुँदै मार्ग प्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरे ।

समर्थक नै रहेका एमालेका किशोरचन्द्र दुलालले वर्तमान सरकारले मार्गप्रसस्त गरोस् भन्ने अभिप्रायका साथ प्रदेशसभामा संकल्प प्रस्ताव टेबुल गरिएको बताए ।

प्रदेशसभाको बिहीबार बसेको बैठकमा सत्तापक्षमा भन्दा विपक्षमा बस्ने सांसदको संख्या दोब्बरले बढी थियो ।

विपक्षका ६ जना सांसद अनुपस्थित रहँदा समेत प्रदेशसभामा विपक्षीको कुर्सीमा बस्ने सांसदहरुको संख्या ५२ थियो ।

सत्तापक्षको कुर्सीमा भने कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का मात्र २४ जनाको उपस्थिति थियो ।

मुख्यमन्त्री अल्पमतमा परिसकेको दृश्य सदनमै देखिएपछि काँग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री केदार कार्कीले विवेक पु¥याएर निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए ।

राजीनामा दिएर मार्ग प्रशस्त नगरेपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गराएको संकल्प प्रस्ताव टेबुल गरेको हो ।

संविधानको धारा १८३ को उपधारा ३ बमोजिम बिहीबार बसेको प्रदेशसभा बैठकमा दुई दलले दर्ता गराएको उक्त प्रस्ताव टेबुल भएको हो ।

अब प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने छ ।

प्रकाशित समय: बिहिबार ६ ब‌ैशाख, २०८१, १६:५१:२३

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२२ घण्टाअघि

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग

मङ्गलबार १२ साउन, २०८३
३ दिनअघि

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने

शनिवार ९ साउन, २०८३
६ दिनअघि

श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड

सोमबार ४ साउन, २०८३
२ हप्ताअघि

विराटनगरमा पौडी खेल्ने क्रममा पैनीमा डुबेर बालकको मृत्यु

सोमबार २९ असार, २०८३
३ हप्ताअघि

विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ

आईतबार २८ असार, २०८३
३ हप्ताअघि
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
मोरङ प्रशासनद्वारा धार्मिक स्थलमा चर्को आवाजमा साउण्ड सिस्टम प्रयोग गर्न रोक
बिहिबार १४ साउन, २०८३
देवानगञ्ज घटनापछि सुनसरीमा संयुक्त बैठक आह्वान
बिहिबार १४ साउन, २०८३
संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?
बिहिबार १४ साउन, २०८३
सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०