बहराइनसँग नेपालको फराकिलो हार

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ चैत, २०८०
२ वर्षअघि

विराटनगर । फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली पराजित भएको छ ।

शुक्रबार बिहान भएको खेलमा नेपाल घरेलु टोली बहराइन ५-० गोलान्तरले पराजित भएको हो ।

बहराइनको रिफ्फा सहरस्थित बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान एक-एक गोल गरे ।

पहिलो हाफमा गोल गरेको बहराइले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्नुपर्ने पहिलो खेल पनि बहराइनमै खेलेको हो ।

दशरथ रंगशाला मैदान खेलका लागि उपयुक्त नभएकोले नेपालले बहराइनसँगको होम र अवे दुवै खेल उसैको मैदानमा खेल्न लागेको हो ।

नेपालले दोस्रो लेग चैत १३ गते खेल्ने छ ।

विश्वकप छनोटअन्तर्गत एसियाली छनोटको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार बेहोरेको थियो ।

नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले पहिलो चरणको खेलमा भने लाओसलाई समग्रमा १–० गोलले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

नेपाल बहराइनसँग खेल्नुअघि मलेसियासँग उसैको मैदानमा खेलेर बहराइन गएको हो ।

नेपाल मलेसियासँगको मैत्रीपूर्ण खेलमा ५–१ गोलले पराजित भएको थियो ।

प्रकाशित समय: शुक्रबार ९ चैत, २०८०, ०६:४१:०३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०