विराटनगर । कोशी प्रदेशले दोस्रो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि उचालेको छ ।
शनिबार विराटनगरमा भएको फाइनलमा विभागीय टोली एपीएफलाई २-० को सेटमा पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो ।
उपाधिसँगै कोशी प्रदेशले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ प्राप्त गर्यो ।
उपविजेता टोली एपिएफले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेता तथा उपविजेता टोलीलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कृत गरेको नेपाल डोरी तान संघका महासचिव विमल पौडेलले जानकारी दिए ।
नेपाल डोरी तान संघको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश, बाग्मती प्रदेश, मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली गरी पाँच प्रदेश र तीन विभागीय टोली गरी आठ टिमको सहभागिता रहेको थियो ।