नामिबियासँग दुई विकेटले हार्‍यो नेपाल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टिम नेपाल नामिबियासँग पराजित भएको छ ।

नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले बुधबार नामिबियासँग खेलेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग दुई विकेटले हारेको हो ।

नेपालले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाए भने माइकल भान लिंगेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाए ।

बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिदाँ दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाउँदा कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाए ।

बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिए भने कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिए ।

जितसँगै तीन खेलबाट चार अंक बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले तीन खेलबाट दुई अंक बनाएको छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको चौथो तथा अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेदरल्यान्ड्सको दुई खेलबाट दुई अंक छ ।

आठ टोली सहभागी आइसिसी विश्वकप लिग–२ मा नेपाल, नामिबिया र नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स (युएई) र अमेरिका रहेका छन् ।

सन् २०२७ सम्म चल्ले यस लिगमा प्रत्येक टोलीले त्रिकोणात्मक सिरिजको ढाँचामा कूल एक सय ४४ खेल खेल्नेछन् ।

जसमध्ये शीर्ष चारमा रहने टोलीले एक दिवसीय मान्यता जोगाउने छ भने विश्वकप छनोट खेल समेत खेल्न पाउनेछ ।

लिग–२ सिरिजको अघिल्लो लामो चक्रमा नेपालले गतवर्ष पछिल्ला खेलहरूमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाउँदै लिग–२ मै रहेको थियो ।

प्रकाशित समय: बुधबार ९ फाल्गुण, २०८०, १६:४६:२२
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०