आर्थिक मन्दीको प्रभाव व्यापारिक मलमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ फाल्गुण, २०८०
३ वर्षअघि

विराटनगर । कोरोना महामारी र रुस–युक्रेन युद्धबाट सिर्जित आर्थिक मन्दीका कारण व्यापारिक मलमा लगानी असुरक्षित बनेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा पछिल्ला पाँच वर्षमा ठुलो लगानीमा सञ्चालनमा आएका केही व्यापारिक मल बन्द भएका छन् ।

हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ ।

२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको उक्त मल गत सोमबारबाट पूर्ण रूपमा बन्द भएको हो ।

लगानीकर्ताद्वय सुनील शर्मा र सुवोध शर्माले अब सो भवनमा अस्पताल सञ्चालन गर्ने योजना बनाएका छन् ।

विश्वव्यापी आर्थिक मन्दी, असमान दाम र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा मल बन्द भएको हो ।

विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण मलहरू बन्दको अवस्थामा पुगेको विराटनगरस्थित सेन्ट्रल मलका सञ्चालक प्रकाश मुन्दडा बताउँछन् ।

आर्थिक मन्दीका कारण उद्योग धन्दा धराशायी भइरहेको बताउँदै उनले देशमा आर्थिक अवस्था गम्भीर रहेको बुझ्न सकिने बताए ।

यसअघि विराटनगरको पहिलो डिर्पाटमेण्ट स्टोर नेपाल बजार बन्द भएको थियो ।

नेपाल बजार अर्कै ठाउँबाट पुनः सञ्चालन गर्ने भनेर २०७६ साल जेठमा बन्द गरिएको थियो । तर अहिलेसम्म नेपाल बजार खुल्न सकेको छैन ।

२०७५ को नयाँ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनी र सोही वर्षको फागुनबाट सञ्चालनमा आएको सेन्ट्रल बजार गरी अहिले विराटनगरमा दुई व्यापारिक मल सञ्चालनमा छन् ।

तर ती मलमा पनि पहिलेको तुलनामा उपभोक्ताको संख्या घटेको छ ।

विराटनगरस्थित भाटभटेनीका म्यानेजर पर्शुराम तिम्सिनाले शुरुवातको समयमा आउने ग्राहकको तुलनामा अहिले सरदर १० प्रतिशतको गिरावट आएको बताए ।

कस्टुमरहरू सपिङ मलमा गएर किन्नुपर्छ भन्ने धारणा नरहेका कारण पनि मलमा उपभोक्ता घटेको बताए ।

बोर्डरमा केही टाइट गर्ने हो भने नेपालकै मलमा उपभोक्ताहरू जाने दाबी गरे ।

आर्थिक मन्दीले गर्दा आम्दानी घटेपछि सर्वसाधारणको क्रयशक्तिमा पनि गिरावट आएको छ ।

जसले गर्दा उपभोक्ता सस्तो खोज्दै सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् । विराटनगरमा भन्दा भारतमा सामानहरू सस्तो पर्ने भएकाले भारतबाटै सामानहरू किनेर ल्याउने गरेको बताए ।

कोरोना महामारीपछि आर्थिक गतिविधि चलायमान हुन नसक्दा सर्वसाधारणको आम्दानी घटेको र उनीहरू सुलभ मूल्यको पछि लागेका कारण मलहरू बन्द हुने अवस्थामा पुगेको अर्थविद् वेदराज आचार्यले बताए ।

उनले मानिसहरुसँग आम्दानी कम र किन्ने क्षमतामा कमी भएकाले मलहरुमा केही समस्या आइरहेको बताए ।

मानिसहरूले गुमाएको रोजगारी नपाउनु, आर्थिक अवस्था चलायमान नहुनु र लगानी गर्नेकुरामा नै उद्योगी र व्यवसायीहरू हच्किनुले पनि समस्या आएको उनको भनाइ छ ।

नेपालमा राजनीतिमा पनि देश विकासमा भन्दा सत्ता टिकाउने प्रवृत्तिले निरन्तरता पाउँदा राम्रो वातावरण सिर्जना हुन नसकेको उनको बुझाइ छ ।

मलहरू धमाधम बन्द भइरहेको अवस्थामा विराटनगरमै अर्को मल सञ्चालनको तरखरमा छ ।

तीन अर्ब हाराहारीको लगानीमा सञ्चालनमा आउन आँटेको सेन्चुरियन मल निर्माणाधीन अवस्थामा छ ।

प्रकाशित समय: बुधबार २ फाल्गुण, २०८०, ११:००:२३

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०