कोशीमा सरकार विस्तारको तयारी : को-को बन्दै छन् मन्त्री ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ माघ, २०८०
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकालाई पूर्णता दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सोमबार सहकर्मी दलहरूसँग छलफल गरेर सरकार विस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Advertisement

गत असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीले प्रदेशको नेतृत्व सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिन आँटेका हुन् ।

कार्कीले सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी थालेको स्रोतले जनाएको छ ।

‘अहिले गठबन्धन दलहरूबीत छलफल जारी छ,’ नेकपा माओवादी केन्द्रका एक सांसदले भने, ‘मन्त्रीको नाम फाइनल भएमा आज साँझसम्ममा टुंगो लाग्छ, नभए भोलिसम्ममा निर्क्यौल हुन्छ ।’

उनका अनुसार माओवादीका तर्फबाट उदयपुरबाट निर्वाचित नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की मन्त्री बन्ने भएका छन् ।

यसैगरी, नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री बन्ने भएका छन् । कांग्रेसकी ईन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्री कार्कीको तयारी छ ।

कार्कीले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालय माओवादीलाई दिने स्रोतको भनाइ छ ।

त्यसबाहेक कांग्रेसले उद्योग, कृषि तथा सहकारी, आर्थिक मामिला तथा योजना मन्त्रालय पाउने भएको छ ।

स्वास्थ्य मन्त्रालय पनि कांग्रेसले नै लिने तयारी छ ।

नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका ईन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व सम्हालेका थिए ।

कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

असोज २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए । उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए ।

आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कात्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती ‘सुशील’ र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबगुलाई मन्त्री पदमा नियुक्त गरे ।

उनीहरूलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए ।

एमालेबाट मगरले राजीनामा दिएसँगै मन्त्रीमण्डल चार सदस्यमा सीमित भयो ।

नियुक्त भएका मन्त्रीहरू राई, जबेगु र उप्रेतीले पनि लामो समय बिनाविभागीय बस्नु परेको थियो ।

कार्कीले उनीहरूलाई मंसिर १७ गते जिम्मेवारी दिए ।

जसअनुसार राई सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन, जबेगुलाई भौतिक पूर्वाधार विकास र उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
सांसद् थपलियाले भनिन्, सुकुम्बासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो
बुधबार २४ असार, २०८३
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धानको माग
बुधबार २४ असार, २०८३
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०