‘बेलैमा उपचार गर्दा निको हुन्छ क्यान्सर’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
२ वर्षअघि

विराटनगर । नसर्ने रोग भए पनि क्यान्सर विश्वव्यापी रूपमा मानव जातिकै लागि चुनौती बन्दै गएको छ । क्यान्सरकै कारण संसारमा ठुलो संख्यामा मानिसको मृत्यु हुने गरेको छ ।

पछिल्लो समय विश्वव्यापी रूपमा क्यान्सरको प्रकोप बढिरहेको छ ।

Advertisement

नेपालमा पनि केही वर्षयता एक भयावह जनस्वास्थ्य समस्याका रूपमा क्यान्सर रोग बढ्दै गएको नेपाल क्यान्सर फाउन्डेसनका कार्यकारी प्रमुख डाक्टर वीरेन्द्र यादव बताउँछन् ।

क्यान्सर रोग विशेषज्ञ डा. यादवका अनुसार नेपालमा देखिएका क्यान्सरहरूमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र आन्द्राको क्यान्सर बढी छन् ।

पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलाहरूमा पाठेघरको मुखको क्यान्सर, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।

बच्चाहरूमा भने ब्लड क्यान्सर धेरै देखिने गरेको झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका डा. यादवको भनाइ छ ।

‘युवापुस्तामा धुम्रपान फेसनजस्तै बनेको छ,’ उनले भने, ‘त्यसबाहेक सहरी क्षेत्रमा प्रदूषण र ग्रामीण क्षेत्रका गृहणीहरूमा चुलोचौको नै प्रमुख कारण हो ।’

क्यान्सरले कुनै पनि उमेर समूह भन्दैन ।

बालबालिकादेखि वयोवृद्धसम्मलाई क्यान्सर रोग लागेको छ । पछिल्लो समय युवापुस्ता सूर्ती र सुपारीजन्य पदार्थ बढी सेवन गर्ने गर्दा मुख र फोक्सोको क्यान्सर बढी देखिन थालेको छ ।

सेनेरिटरी प्याडको प्रयोग नगर्ने र धेरै जनासँग यौन सम्बन्धमा रहने हुँदा महिलाहरूलाई भने पाठेघरको मुखको क्यान्सरले सताएको छ ।

त्यसबाहेक एचपिभी खोपको उपलब्धता नहुँदा पनि महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रताडित रहेको डा. यादवको भनाइ छ ।

नेपालमा क्यान्सर उपचारबाट निको नहुने रोग हो भन्ने आम बुझाइ छ ।

तर, क्यान्सर लागेमा निको नहुने मानसिकता भ्रममात्र भएको बताउँदै डा. यादवले क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे पूर्ण रूपमा निको हुने बताए ।

सचेतनामूलक कार्यक्रम प्रभापकारी रूपमा गर्न नसक्दा र उपचारमा सबैको पहुँच हुन नसक्दा यस्तो गलत मानसिकताले गाँजेको डा. यादव बताउँछन् ।

‘क्यान्सर गम्भीर स्वास्थ्य समस्या हो, यो निको नै हुँदैन भन्ने आमबुझाइ छ,’ उनी भन्छन्, ‘सचेतना र स्वास्थ्य शिक्षाको अभावले गर्दा यस्तो भएको हो ।’

बेलैमा उपचार गरेमा क्यान्सर निको हुन्छ । यस्ता विषयमा सही सूचना सर्वव्यापी बनाउन सरकार र निजी संघ–संस्था लाग्नुपर्छ ।’

क्यान्सरको चौथो चरणको अवस्थालाई जटिल मानिन्छ । यो चरणको क्यान्सर अन्य अंगमा पनि फैलिसकेको हुन्छ ।

जसले गर्दा शल्यक्रिया गरेर पनि केही पूर्ण रूपमा निको पार्न सकिँदैन ।

यसैले पहिलो चरणअघि नै सम्भावित क्यान्सरबारे पत्ता लगाउन सकियो भने क्यान्सरको जोखिमबाट जोगिन सकिने डा. यादव बताउँछन् ।

‘जति चाँडो क्यान्सर पत्ता लगाउन सक्छौं, त्यति नै छिटो यो निको हुन्छ,’ उनले थपे ।

क्यान्सरको उपचार खर्चिलो हुन्छ । यसैले नेपाल सरकारले क्यान्सर रोगीलाई आर्थिक सहायतास्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

तर, त्यो रकम पनि कम भएको डा. यादव बताउँछन् । ‘जति ढिलो क्यान्सर पत्ता लाग्यो, त्यति नै खर्चिलो पनि हुँदै जान्छ,’ उनले भने, ‘यसैले त सरकारले दिने आर्थिक सहायता कम भएको महसुस हुन्छ ।’

विगत चार वर्षयता झापाको बिर्तामोडमा सञ्चालित पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक जिम्मेवारी पूरा गर्न भन्दै प्रत्येक साता ‘क्यान्सर शिविर’ चलाउँदै आएको छ ।

आर्थिक अभावका कारण उपचार नपाएका क्यान्सरका बिरामीलाई निःशुल्क रूपमा उपचार गराइरहेको डा. यादवले बताए ।

हालसम्म पाठेघरको मुखको क्यान्सरबाट पीडित बनेका १४ हजार महिलाको उपचार निःशुल्क रूपमा गरिएको अस्पतालले जनाएको छ ।

तीन सय शैय्या क्षमताको अत्याधुनिक उपकरणसहितको उक्त अस्पतालमा २२ जना दक्ष चिकित्सकीय टोलीले उपचार सेवा दिइरहेका छन् ।

डा. यादवका अनुसार पूर्वाञ्चल क्यान्सर अस्पतालमा अहिले पुरुषमा मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्राको क्यान्सर, पित्तथैलीको क्यान्सर र प्रोस्टेट क्यान्सरका बिरामीहरू धेरै आउने गरेका छन् ।

त्यसमध्ये मुखको क्यान्सरका बिरामीहरूको संख्या धेरै हुने डा. यादव बताउँछन् ।

यसैगरी पूर्वाञ्चलमा स्तन क्यान्सरबाट पीडित महिलाहरू धेरै आउँछन् ।

‘महिलामा हुने क्यान्सरमध्येको प्रमुख क्यान्सर, स्तनको क्यान्सर हो,’ उनले भने, ‘यहाँ यो समस्या लिएर आउने महिलाको संख्या धेरै छ ।’

स्तन क्यान्सरका अलाबा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको क्यान्सर र मुखको क्यान्सरबाट पीडित महिलाहरू पूर्वाञ्चल क्यान्सर अस्पताल आउने गरेको डा. यादवको भनाइ छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित

मङ्गलबार ९ असार, २०८३
२ हप्ताअघि

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
३ हप्ताअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
४ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
१ महिनाअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
१ महिनाअघि
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ
आईतबार २१ असार, २०८३
‘प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ’
आईतबार २१ असार, २०८३
इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने
आईतबार २१ असार, २०८३
चिनियाँ उपमन्त्री यान दोङ नेपाल आउँदै
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०