यौन कथा : त्यो रात

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० माघ, २०८०
२ वर्षअघि

पालीको छानो चुहिएर पानी तप्पतप्प भइरहेको थियो । मेरो कलिलो मस्तिष्कले अरूका झैं ठुलो घरको कल्पना गर्नु पनि स्वभाविक नै थियो क्यार !

मैले चोलो खोलेर भात पकाउँदै गरेकी आमालाई ‘आमा ! हामी पनि ठूलो घर बनाऔं न’ भनेँ ।

चुलोमा दाउरा ठेल्दै आमाले लामो श्वास फेरिन् र आँसु पुछ्दै भनिन्. ‘म विधवाले कसरी ठुलो घर बनाउने नानी ?’

‘आमा ! यो विधवा भनेको के हो ?,’ मैले आमालाई प्रश्न तेर्स्याएँ ।

‘कति कुरा कोट्याएकी ? तेरा बा मरेर म विधवा भकी ।’ आमा झर्केर बोलिन् ।

‘अनि बा ! देउताघर जानुभएको छ, भन्थ्यौ त । अहिले कसरी मर्नुभयो ?’

‘उबेला तँ साह्रै सानी थिइस् । कुरा नबुझ्ने, त्यसैले त्यसो भनें,’ आमाले भनिन् ।

आमाले विस्तार लगाउँदै भनिन्, ‘ताप्लेजुङको हाङ्देवा भन्ने ठाउँमा हाम्रो घर थियो । एकदिन ठुलो पहिरो आएर हाम्रो घर, खेत, बस्तुभाउ सबैसँगै तेरा बालाई पनि बगायो । उबेला म माइतीघरमा तँलाई जन्माएर सुत्केरी खान बसेकी थिएँ । त्यसैले हामी त बाँच्यौं, तर खान-बस्न केही नभएपछि मेरा दाजु-भाइसँगै म पनि बसाइँ सरेर यो गाउँमा आएँ । तर तेरा मामाहरू भने तराईतिर बसाइँ सरेर गए ।’

‘बर्मामा गए, कर्मसँगै भन्छन् । अब टेक्ने न समाउने भएकी एकल महिलाले कसरी घर बनाउने ?,’ आमा अनुत्तरित थिइन् ।

गाउँका सबै स्कुल जान्थे । म भने जान्नथेँ । म पनि स्कुल जान्छु, भन्दा आमा नाम लेख्ने पैसा छैन भन्थिन् ।

दिनहरू यसरी नै बित्दै थिए । म केही ठुली भएछु । छिमेकीहरूको घाँस, दाउरा, पानी बोक्ने काम सघाउँथे ।

त्यसो गरेबापत भात खान दिन्थे । एकदिन हामी बसेको घरको छिमेकी काका हाम्रो घर आउनुभयो । उहाँ अलिक समाजसेवी हुनुहुन्थ्यो ।

उहाँले छोरी पढाउन पर्छ, फि नलाग्ने र किताब पनि उपलब्ध गराइदिने शर्तमा मलाई स्कुलमा नाम लेखिदिनुभयो ।

कक्षामा सबैभन्दा ठुली म नै थिएँ । अरू साना बच्चा भएको कारण मलाई बूढी भनेर साथीहरू नै जिस्काउँथे ।

१३-१४ वर्षको उमेर । हलक्क बढेकी देख्नमा म औधी नै सुन्दर थिएँ । रामु सरले पढाउँदा के छ सीता,पढाएको बुझ्यौ ? भनेर धाप मार्नु हुन्थ्यो ।

सुरुका केही दिन त मलाई कुनै कुराको वास्ता भएन । तर केही दिनपछि उहाँले पढाइको बाहना बनाएर मलाई पटकपटक धाप मार्न र भित्री वस्त्र तान्नसमेत भ्याउनुहुन्थ्यो ।

मलाई हिंसा भन्ने कुरामा भने कुनै ज्ञान थिएन । सरले माया गरेझैं लाग्थ्यो । सर अझै अगाडि बढ्दै यस्ता कार्य गरिरहनुहुन्थ्यो । सरको विरोध गर्ने साहस भने ममा थिएन ।

जब म पाँच कक्षामा पुगेँ । मलाई जिस्काउने र लाइन मार्नेको पनि लाइनै थियो । सिलसिलाकै क्रममा एक दिन एक जना सातमा पढ्ने दाइले पनि खुसुक्क एउटा चिठी दिनुभयो ।

उहाँले घरमा गएर पढ्नु, कसैलाई नदेखाउनू भन्नुभयो । म अचम्मित हुँदै घर पुगेँ । हत्तपत्त कसैले नदेख्नेगरी चिठी खोलेँ ।

चिठीमा लेखिएको थियो, ‘पृय सिते ! तिम्रो सेतो सर्टभित्रका हिम-शृङखला र निलो फ्रकभित्रको बाल कोसेली एकपटक चुम्न मन छ ।’

चिठी पढेपछि म थुरथुर कामेँ । हातको चिठी भुइँमा खस्यो । टाउको रनक्क भयो । त्यो दाइसँग खुब रिस उठ्यो ।

मैले कठोर निर्णय गरेँ, ‘भोलि नै यो पत्र स्कुलमा लगेर बुझाउँछु, अनि त्यो दाइलाई कारबाही गराउँछु ।’

म खाना नखाई सुतें । आमाले खाना किन नखाएकी भन्नुभयो ? सन्चो छैन भनेर ढाटेँ । रात छिप्पिँदै थियो ।

मलाई निद्रा लागेको थिएन । मनमा अनेक कुरा खेल्दै गर्दा, त्यो दाइले लेखेका कुरा सम्झेँ । अचानक मन हलुङ्गो भयो ।

मेरा सम्पूर्ण यौनाङ्ग सशक्त भएको महसुस भयो । सिरिङसिरिङ गर्दै गर्दा मेरा हातहरू अनायास जिउभरि सल्बलाउन थाले ।

मैले मनमनै पुन: अठोट गरेँ, ‘त्यो दाइलाई चिठी नलेख्नू, म आफैं भेट्छु भनेर ।’ कोल्टो फर्केर सुतेँ ।

केही क्षणमा म झकाएछु । आमा जोडले कराइन् । भन्दै थिइन्, ‘चोर आयो ! चोर आयो !!’

मलाई ऐठन भएजस्तो भएको थियो, आमा कराएपछि फुत्त उनी झ्यालबाट हाम्फाले ।

‘आबुई ! हाम्रा घरका मुखिया काका पो त ! किन आएका रहेछन् आमा ?’, मैले आमालाई सोधेँ ।

‘एकदम चुप लाग् । घरमा चोर आयो,’ पुन: आमा जोडले कराइन् ।

गाउँका मान्छे सबै भेला भए । घरभित्र हेरे, हामीलाई हेरे अनि आमालाई बीचमा राखेर अर्ती दिए, ‘हेर बज्यै ! घरमा जवान छोरी भएपछि बेलाबखत चोरको भय हुन्छ । त्यसैले पढाउन-लेखाउन पट्टि नलागी छोरीको बिहे गर्देऊ । तिम्रो घरमा कहिले चोर आउदैन ।’

त्यसको महिना दिनमा नै मेरो बिहे भयो । पढाइ त जवानीले छेक्यो नि । हा..हा..हा । सीता दिदी खित्काएर हाँसिन् ।

अन्जु शर्मा, रातोपुल

प्रकाशित समय: शनिवार २० माघ, २०८०, १४:००:०१
दुहबीको अरिहन्त अरिहन्त इन्फ्रास्ट्रक्चरविरुद्ध नगरपालिकामा उजुरी
मङ्गलबार २२ ब‌ैशाख, २०८३
पर्यटन मन्त्रालय अन्तर्गत विभिन्न निकायका ३० भन्दा बढी पदाधिकारी भए पदमुक्त
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०