द्वन्द्वमा हात गुमाएकी चम्पादेवीलाई ‘माननीय’ बनाउँदै माओवादी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ पुस, २०८०
२ वर्षअघि

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले उम्मेदवारी दर्ता गराएकी छन् ।

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन् ।

कार्कीले गठबन्धनको तर्फबाट राष्ट्रियसभा निर्वाचनको लागि कोशी प्रदेशको महिला कोटामा उम्मेदवारी दिएकी छन् ।

कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन् ।

हाल ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ की बासिन्दा रहेकी कार्की २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

नेकपा एमालेबाट साविक मूलखर्क गाविस वडा नम्बर ६ मा महिला सदस्यका रूपमा निर्वाचित भएको करिब २६ वर्षपछि उनी राष्ट्रियसभामा पुग्न लागेकी हुन् ।

सत्तारूढ गठबन्धनकी साझा उम्मेदवार भएको कारण उनी राष्ट्रियसभा सदस्य हुने करिब–करिब निश्चित देखिएको छ ।

प्रदेशमा गठबन्धनको मतभार प्रतिस्पर्धी एमालेभन्दा फराकिलो अन्तरले धेरै रहेकोले उनको विजय करिब निश्चित जस्तै छ ।

ओखलढुंगाको मुलखर्ककी ५० वर्षीया कार्की अहिले माओवादी केन्द्रीय सदस्य र ओखलढुंगा जिल्ला इनचार्जसमेत हुन् ।

कार्की अनेम संघ क्रान्तिकारी केन्द्रीय कमिटीकी सचिव पनि हुन् ।

२०५४ सालमा वडा सदस्य भएपनि कार्यकाल पूरा नगर्दै २०५६ बाट माओवादी जनयुद्धमा होमिएकी कार्की तीनपटक समानुपातिक उम्मेदवार सूचीमा परेकी थिइन् ।

तथापि, उनले माननीय हुन मौका पाइनन् ।

जनयुद्धको घाइते योद्धा पनि भएकोले उनलाई उम्मेदवार बनाउने निर्णयले माओवादी कार्यकर्ता पंक्तिले पनि न्यायको रूपमा लिएको छ ।

कार्कीका प्रस्तावकसमेत रहेका गणेश उप्रेतीले भने, ‘उहाँ पार्टीमा लामो समयदेखि सक्रिय रहनुभएको नेता हुनुहुन्छ । उहाँले लडाइँमा हात गुमाउनुभयो ।’

‘आकांक्षी स्वाभाविक रूपमा धेरै हुन्छौं, अवसर पाउने थोरै हुन्छौं,’ कोशी प्रदेशका पर्यटनमन्त्रीसमेत रहेका उप्रेतीले थपे, ‘पार्टीको पुरानो र इमानदार योद्धालाई उम्मेदवार बनाउने विषयले उहाँको योगदानको कदर भएको छ ।’

संविधानसभाको दुईवटै निर्वाचन र गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार रहेकी उनको नाम बन्दसूचीमै सीमित भएको थियो ।

बन्दसूचीबाट नाम फिर्ता लिएर बसेकी कार्की यसपटक भने राष्ट्रियसभाको सुरक्षित निर्वाचनको उम्मेदवार बनेकी हुन् ।

कार्की जनयुद्धमा छापामार बनेर युद्ध लडेकी घाइते योद्धासमेत हुन् ।

जनयुद्धमा भएको लडाइँको क्रमाम उनले आफ्नो दाहिने हात गुमाएकी छिन् ।

२०५७ को वैशाखमा छापामारका रूपमा ‘होलटाइमर’ बनेर जनयुद्धमा होमिएकी उनी २०५८ सालमा रामेछापको धोवीचौकी मोर्चामा घाइते भएकी थिइन् ।

त्यही लडाइँमा उनको हात गुमेको हो ।

ओखलढुंगाको ‘ब्लकिङ’मा खट्दा आफ्नो हात गुमेको स्मरण गर्दै उनले भनिन्, ‘मोर्चामा म पनि संलग्न थिएँ । ओखलढुंगामा ब्लकिङमा खटिँदा म बम आक्रमणमा परेँ र मेरो दाहिने हात गुम्यो ।’

कार्कीका श्रीमान् खड्ग योगी पनि माओवादीको सक्रिय राजनीतिमा छन् ।

प्रकाशित समय: सोमबार २३ पुस, २०८०, १६:१३:५०

सम्बन्धित खबर

पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन

मङ्गलबार १२ जेठ, २०८३
३ minutes

सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल

मङ्गलबार १२ जेठ, २०८३
१७ minutes

सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?

मङ्गलबार १२ जेठ, २०८३
२२ minutes

त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग

मङ्गलबार १२ जेठ, २०८३
३२ minutes

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

सोमबार ११ जेठ, २०८३
१९ घण्टाअघि

न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग

सोमबार ११ जेठ, २०८३
२२ घण्टाअघि
पार्टी कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न निर्देशन
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौंमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन अपिल
मङ्गलबार १२ जेठ, २०८३
सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीज्यूलाई हाजिर गराइदिनुस् : सांसद् बराल
मङ्गलबार १२ जेठ, २०८३
सांसद् राईको प्रश्न,जीवी राई कहिले पक्राउ पर्छन् ?
मङ्गलबार १२ जेठ, २०८३
त्रिभुवन विमानस्थलका सबै पसलमा नेपाली उत्पादन अनिवार्य गर्न सांसद् श्रेष्ठको माग
मङ्गलबार १२ जेठ, २०८३
काठमाडौँबाट २८ हजार भन्दा बढी अवैध भेपसहित एक जना पक्राउ
मङ्गलबार १२ जेठ, २०८३
ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र लैजान सूचना
मङ्गलबार १२ जेठ, २०८३
दुहबी नगरपालिकाद्वारा आधारभूत विद्यालयलाई कम्प्युटर तथा प्रिन्टर वितरण
मङ्गलबार १२ जेठ, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
मङ्गलबार १२ जेठ, २०८३
नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा
मङ्गलबार १२ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०