एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले कमब्याक जित आत्मसात् गरेको छ ।
मङ्गलबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेडले एस्टोन भिल्लालाई ३-२ गोलले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्टमा एस्टोन भिल्लाले पहिलो हाफमा बनाएको २-० गोलको अग्रतालाई उल्ट्याउँदै युनाइटेड विजयी भयो ।
युनाइटेडका लागि एलेक्जान्द्रो बर्नाचोले दुई तथा राजमुज होजलन्डले एक गोल गरे ।
यस जितसँगै छैटौं स्थानको युनाइटेडले १९ खेलमा ३१ अङ्क जोडेको छ । ऊ शीर्षताका लागि सङ्घर्षरत देखिएको छ ।