२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १४ पुस, २०७९
१ वर्षअघि
आहा रारा गोल्डकप

पोखरा रंगशालामा आज बिहीबारदेखि २२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीच खेल हुनेछ । प्रतियोगितामा यसपालि १० टिमले सहभागिता जनाउँदैछन् ।

आयोजक सहारा, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, भुटानिज युथ स्पोर्ट्स क्लब मिनेसोटा (अमेरिका), संकटा क्लब र विभागीय तीन टिम एपीएफ, आर्मी र पुलिस टिमले प्रतिस्पर्धा गर्दै छन् ।

पुस १५ मा नेपाल पुलिस र चर्च ब्वाइज, पुस १६ मा धरान र सहाराबीचको विजेतासँग एपीएफले क्वाटरफाइनल खेल्ने छ । पुस १७ मा पुलिस र चर्च ब्वाइजबीचको खेलको विजेतासँग मछिन्द्रले क्वाटरफाइनलमा भिड्ने छ ।

तेस्रो क्वाटरफाइनल खेल पुस १८ मा आर्मी र संकटा क्लबबीच हुनेछ । चौथो क्वाटरफाइनलमा पुस १९ मा मनाङ र भुटानी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुस २० र २१ मा सेमिफाइनल हुनेछ । पुस २३ मा फाइनल हुनेछ ।

गत वर्षको विजेता एपीएफ क्लब र उपविजेता मनाङ मर्स्याङ्दी क्लब थिए ।

प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ पाउने छ । यस वर्ष अघिल्लोमा भन्दा २ लाख रुपैयाँ थप गरिएको हो । अघिल्लो वर्ष उपविजेताले ५ लाख पाउने गरेकोमा यस वर्ष ६ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

उत्कृष्ट ५ विधामा र सर्वाधिक गोलकर्ताले २५–२५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले ८ हजार र फाइनलमा १० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित समय: बिहिबार १४ पुस, २०७९, ०९:३६:३३
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०