रुससँग उच्च मूल्यमा सूर्यमुखी तेल किन्दै भारत

रूस-युक्रेन युद्ध

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ चैत, २०७८
४ वर्षअघि
तेल

भारतीय व्यापारीहरूले उच्च मूल्यमा सूर्यमुखी तेल किन्न रुसी निर्यातकर्ताहरूसँग सम्झौता गरेको जनाइएको छ ।

युक्रेनी-रूस युद्धको असर भारतीय खाद्य तेल बजारमा देखिन थालेको छ । रुसबाट १२ हजार टन तेल किन्न ठेक्का लिएको जेमिनी एडिबल्स एन्ड फ्याट्स इन्डिया प्रालिका प्रबन्ध निर्देशक प्रदीप चौधरीले युक्रेनमा सामान पुर्‍याउन नसकिने भएकाले रुसबाट आपूर्ति सुनिश्चित गर्न क्रेताले पहल गरिरहेको बताएका हुन् ।

तेल प्रशोधन कम्पनीहरूले युक्रेनी युद्ध सुरु हुनुअघि प्रति टन एक हजार ६ सय ३० डलरको तुलनामा दुई हजार एक सय ५० डलर प्रति टनमा सूर्यमुखी कच्चा तेल किन्न सम्झौता गरेका छन् ।

चौधरीले युक्रेनमा द्वन्द्व सुरु हुनुअघि पाम आयलभन्दा सूर्यमुखी तेल सस्तो भए पनि युक्रेनका प्रमुख निर्यातकर्ताबाट आपूर्ति बन्द भएकाले खरिदकर्ताले महँगो मूल्यमा तेल खरिद गर्नुपर्ने बताए ।

काला सागर क्षेत्रले विश्वको ६० प्रतिशत सूर्यमुखी तेल उत्पादन गर्छ र ७६ प्रतिशत यही क्षेत्रबाट निर्यात हुन्छ । नयाँदिल्लीस्थित ग्लोबल ट्रेडिङ फर्मका डिलरले भारतीय क्रेताले झण्डै एक महिनादेखि तेल खरिद गर्न बन्द गरेको बताएका छन् ।

तर अहिले आयातका लागि बैँकहरूले ऋणपत्र जारी गर्न थालेपछि व्यापारीहरूले रुसबाट सूर्यमुखी तेल आयात गर्न थालेका छन् ।

भारत विश्वमा खाद्य तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । तर, इन्डोनेसियामा पाम तेलको आपूर्तिमा प्रतिबन्ध र दक्षिण अमेरिकामा कम भटमासको उत्पादनका कारण खाद्य तेलको माग आपूर्तिभन्दा बढी भएको हो ।

यस्तो अवस्थामा रुसबाट सूर्यमुखी तेल आउने भएकाले व्यापारीले तत्काल राहत पाउन सक्छन् ।

-बिबिसी

प्रकाशित समय: मङ्गलबार १५ चैत, २०७८, २१:००:५७

सम्बन्धित खबर

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
१ हप्ताअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ हप्ताअघि

इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शनिवार २ साउन, २०८३
२ महिनाअघि

बैंककको बारमा भीषण आगलागी हुँदा २७ जनाको मृत्यु

सोमबार २९ असार, २०८३
२ महिनाअघि

अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शुक्रबार ५ असार, २०८३
३ महिनाअघि

इरान–अमेरिका तनाव उत्कर्षमा, अमेरिकी सैन्य बेसमा इरानको जवाफी आक्रमण दाबी

बिहिबार २८ जेठ, २०८३
३ महिनाअघि
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०