आइपिएल क्रिकेट : दिल्लीले मुम्बईलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
४ वर्षअघि
आइपिएल क्रिकेट

इन्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

ब्राबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ४ विकेटको जित निकालेको हो । १० बलको खेल बाँकी छँदै दिल्ली जितसम्म पुगेको थियो ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको दिल्लीले १८ दशमलव २ ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

दिल्लीका लागि ललित यादवले सर्वाधिक ४८ रन बनाए र नटआउट रहे ।

उनले ३८ रन बनाएका अक्षर पटेलसँग सातौं विकेटका लागि निर्णायक ७५ रनको साझेदारी गरे ।

जुन साझेदारी नै जितको आधार बन्यो ।

ललितले चार चौका र दुई छक्का प्रहार गरे ।

अक्षरले दुई चौका र तीन छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि पृथ्वी सले ३८ रनको योगदान दिए ।

बलिङतर्फ दिल्लीका कुलदीप यादवले ३ विकेट लिँदा खलिल अहमेदले २ विकेट लिए।

त्यसअघि मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान इसान किसनले सर्वाधिक ८१ रन बनाए र नटआउट रहे ।

उनले ४४ बलको इनिङ्समा ११ चौका र दुई छक्का प्रहार गरे ।

अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ४१ रन बनाए ।

उनीहरूले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ बसिल थम्पीले सर्वाधिक ३ विकेट लिँदा मुर्गन अश्विनले २ तथा टाइमल मिल्सेल १ विकेट लिए ।

जितसँगै दिल्लीले पहिलो खेलमा २ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

त्यसअघि शनिबार भएको उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले चेन्नइ सुपर किङ्ग्समाथि ६ विकेटको जित निकालेको थियो ।

आइपिएलअन्तर्गत आइतबार राति अर्को खेल हुँदै छ । जहाँ, रोयल च्यालेन्जर्स बैङ्ग्लोरले पञ्जाब किङ्ग्ससँग खेलिरहेको छ ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, २०:५९:०१
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०