आइपिएल क्रिकेट : दिल्लीले मुम्बईलाई हरायो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ चैत, २०७८
२ वर्षअघि
आइपिएल क्रिकेट

इन्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

ब्राबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ४ विकेटको जित निकालेको हो । १० बलको खेल बाँकी छँदै दिल्ली जितसम्म पुगेको थियो ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पाएको दिल्लीले १८ दशमलव २ ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

दिल्लीका लागि ललित यादवले सर्वाधिक ४८ रन बनाए र नटआउट रहे ।

उनले ३८ रन बनाएका अक्षर पटेलसँग सातौं विकेटका लागि निर्णायक ७५ रनको साझेदारी गरे ।

जुन साझेदारी नै जितको आधार बन्यो ।

ललितले चार चौका र दुई छक्का प्रहार गरे ।

अक्षरले दुई चौका र तीन छक्का प्रहार गरेका थिए ।

दिल्लीका लागि पृथ्वी सले ३८ रनको योगदान दिए ।

बलिङतर्फ दिल्लीका कुलदीप यादवले ३ विकेट लिँदा खलिल अहमेदले २ विकेट लिए।

त्यसअघि मुम्बईका लागि प्रारम्भिक ब्याट्सम्यान इसान किसनले सर्वाधिक ८१ रन बनाए र नटआउट रहे ।

उनले ४४ बलको इनिङ्समा ११ चौका र दुई छक्का प्रहार गरे ।

अर्का प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले ४१ रन बनाए ।

उनीहरूले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ बसिल थम्पीले सर्वाधिक ३ विकेट लिँदा मुर्गन अश्विनले २ तथा टाइमल मिल्सेल १ विकेट लिए ।

जितसँगै दिल्लीले पहिलो खेलमा २ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

त्यसअघि शनिबार भएको उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले चेन्नइ सुपर किङ्ग्समाथि ६ विकेटको जित निकालेको थियो ।

आइपिएलअन्तर्गत आइतबार राति अर्को खेल हुँदै छ । जहाँ, रोयल च्यालेन्जर्स बैङ्ग्लोरले पञ्जाब किङ्ग्ससँग खेलिरहेको छ ।

प्रकाशित समय: आईतबार १३ चैत, २०७८, २०:५९:०१
जहाँ पाए ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरूले सम्मान, नयाँ खेलाडीलाई पनि मिल्यो हौसला !
आईतबार २३ ब‌ैशाख, २०८१
जीवन विकासले गर्‍यो कार्यालय सहयोगीसहितका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कृत
आईतबार २३ ब‌ैशाख, २०८१
ओलम्पियन्स र सेलिब्रेटी खेलाडीलाई बिर्तामोडमा स्वागत सम्मान
शुक्रबार २१ ब‌ैशाख, २०८१
नेपालबाट ओलम्पिकमा सहभागी भएका १२ जना सम्मानित
बिहिबार २० ब‌ैशाख, २०८१
सामाजिक सञ्चालमा चर्चित भेलुबाजेको निधन
बिहिबार २० ब‌ैशाख, २०८१
इटहरीमा ओलम्पियन्सहरूको वाकाथन
बिहिबार २० ब‌ैशाख, २०८१
ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा सहभागी हुन विराटनगर आइपुगे ओलम्पिक खेलाडी
बुधबार १९ ब‌ैशाख, २०८१
अर्को सरकार बनाउन नमिल्ने आशयसहित मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाए पत्र
मङ्गलबार १८ ब‌ैशाख, २०८१
बर्जुका अग्निपीडितलाई राज्यमन्त्री गुरुङको सहयोग
सोमबार १७ ब‌ैशाख, २०८१
अब विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने
सोमबार १७ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०