राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ चैत, २०७८
४ वर्षअघि

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा नेकपा (एमाले)सँग सहकार्य गर्ने सम्भावना रहेको बताएका छन् ।

बुधबार राप्रपा नेपालका जिल्ला अध्यक्ष एवम् पदाधिकारीको भर्चुअल माध्यममा बसेको संयुक्त बैठकमा बोल्दै थापाले एमालेसँग चुनावी तालमेल गर्न सकिने सम्भावना फराकिलो रहेको बताए ।

Advertisement

चुनावी तालमेलका लागि स्थानीय तहबाट सुरु गर्नुपर्ने उनको भनाइ छ ।

थापाले एउटै पार्टीसँग तालमेल गर्नुपर्नेमा जोड दिए ।

एमालेसँग तालमेलको सम्भावना बढी रहेको उनको भनाइ छ ।

सहकार्यका लागि केन्द्रबाट सहजीकरण हुने विश्वास थापाको छ।

‘एमालेसँग व्यत्तिगत सम्बन्ध पनि राम्रो छ । वैचारिक दृष्टिकोणले पनि एमाले राष्ट्रवादी कित्तामा सशक्त छ’, अध्यक्ष थापाले भने ।

उम्मेदवारी छनोटलाई पनि अगाडि बढाउनुपर्ने र आवश्यक तालमेलका लागि तयारीमा जुट्नसमेत उनले भने ।

जिल्ला कार्य समितिलाई पूर्णता दिने, भातृ संगठन विस्तारलाई सक्रियता दिइनुपर्ने उनको भनाइ छ ।

पार्टी अहिले कठिन र प्रतिकूल अवस्थामा रहेकोले पनि यसलाई देशको महत्वपूर्ण शक्तिको रुपमा स्थापित गर्नुपर्नेमा थापाको जोड छ ।

‘स्थानीय तहको चुनावको लक्ष्य पार्टीले हरेक जिल्लामा खुट्टा टेक्न सक्ने स्थिति बनाउनु हो’, थापाले भने, ‘संसदको चुनावपछि राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्नुपर्छ ।’

अध्यक्ष थापाले जिल्लाको रिपोर्टिङ उत्साहजनक भएको भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई चुनावको तयारीमा जुट्न आह्वान गरेका छन् ।

राप्रपा नेपाल पायो चुनाव चिन्ह ‘तीर’

निर्वाचन आयोगले राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ प्रदान गरेको छ ।

स्थानीय निकायको निर्वाचन नजिकिएको अवस्थामा राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ प्राप्त गरेको हो ।

बुधबार राप्रपा नेपालले विज्ञप्ति जारी गरी हाललाई ‘तीर’ चिन्ह प्राप्त भएको जनाएको हो ।

राप्रपा नेपालले चुनाव चिन्ह गाई माग्दै आएको थियो ।

तर आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले हाललाई ‘तीर’ चिन्ह मागिएको राप्रपा प्रवक्ता सुरेश आचार्यले बताए ।

स्थानीय तहको निर्वाचनका लागि १७ नम्बरमा दल दर्ता रहेको राप्रपा नेपालले केही दिनअघि आयोगसँग ‘तीर’ चुनाव चिन्ह मागेको थियो ।

बुधबार आयोगले राप्रपा नेपाललाई ‘तीर’ चिन्ह दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

कमल थापाले नेतृत्व गर्दै आएको राप्रपा नेपालले हाललाई अर्को व्यवस्था नहुञ्जेलसम्म ‘तीर’ चिन्हलाई पार्टीका प्रचार-प्रसार सामग्रीमा प्रयोग गरिने जनाएको छ ।

थापाले गत फागुन ७ गते राप्रपा नेपाल पार्टीको घोषणा गरेका थिए। त्यसअघि उनी राप्रपाको माउ पार्टीमा थिए ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापा राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०