रोनाल्डोको सानदार ह्याट्रिकमा युनाइटेडको जित, लिभरपुल पनि विजयी

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ फाल्गुण, २०७८
४ वर्षअघि
रोनाल्डोको सानदार

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको सानदार ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले जित दर्ता गरेको छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हटस्परलाई ३-२ गोलले पराजित गरेको हो ।

Advertisement

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन रोनाल्डोले ह्याट्रिक गोल गरे भने टोटनह्यामका ह्यारी केनले एक गोल गरे ।

टोटनह्यामले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

युनाइटेडका ह्यारी मगवायरले आफ्नै पोस्टमा गोल गरेका थिए ।

रोनाल्डोले १२औं मिनेटमा सुरुआति गोल गरेका थिए ।

तर खेलको ३५औं मिनेटमा टोटेहमका ह्यारी केनले खेललाई बराबरी गरेका थिए ।

फेरि रोनाल्डोले ३८औं मिनेटमा अग्रता बनाए ।

युनाइटेडकै मगवायरले आत्मघाती गोल गरेपछि खेल बरबरी भएको थियो ।

रोनाल्डोले ८१औं मिनेटमा युनाइटेडको लागि विजयी गोल गर्दै जित दिलाए ।

३७ वर्षीय रोनाल्डोको दोस्रो पटक युनाइटेड फर्किएपछिको यो पहिलो ह्याट्रिक हो ।

उनी यसै सिजन इटालियन क्लब युभेन्टसबाट इङ्ग्ल्यान्ड फर्किएका हुन् ।

जितसँगै युनाइटेड शीर्ष चारमा उक्लिएको छ । उसले २९ खेलमा ५० अङ्क जोडेको छ ।

पराजित टोटनह्याम ४५ अङ्कका साथ सातौँ स्थानमा छ । उसले २७ खेल खेलेको छ ।

यस्तै, गएराति भएको अर्को खेलमा लिभरपुलले सहज जित निकाल्यो ।

लिभरपुलले ब्राइटनलाई २-० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ६१ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि उपाधि होडमा चुनौती थपेको छ ।

उसले सिटीसँगको अग्रता तीन अङ्कमा झारेको छ ।

लिभरपुलले २८ खेलमा ६६ अङ्क जोडेको छ ।

सिटीसँग समान खेलमा ६९ अङ्क छ ।

पराजित ब्राइटन भने ३३ अङ्कका साथ १३औँ स्थानमा छ ।

अर्को खेलमा ब्रेन्टफर्डले बर्नलीमाथि २-० गोलको जित हात पारेको छ ।

ब्रेन्टफर्डको जितमा इभान टोनीले दुवै गोल गरे ।

बर्नलीका नाथन कोलिन्सले रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।

यो पनि :

युरोपा लिग : घरेलु मैदानमा बार्सिलोना गालातासारेसँग रोकियो, सेभिल्लाको सहज जित

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा

सोमबार २२ असार, २०८३
२ घण्टाअघि

आइसिसी लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

आईतबार २१ असार, २०८३
१९ घण्टाअघि

इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा जाने

आईतबार २१ असार, २०८३
२० घण्टाअघि

विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?

शनिवार २० असार, २०८३
२ दिनअघि

रोनाल्डो र रामोसको गोलमा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने

शुक्रबार १९ असार, २०८३
३ दिनअघि

एम्बाप्पेको कीर्तिमानी दुई गोलमा फ्रान्सको जित, प्रि–क्वार्टरफाइनलमा पाराग्वेसँग भिड्ने

बुधबार १७ असार, २०८३
५ दिनअघि
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
आईतबार २१ असार, २०८३
प्रधानमन्त्री मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिँदै
आईतबार २१ असार, २०८३
मापसे नियन्त्रण अभियान प्रभावकारी, तर सडक सुरक्षामा अझै चुनौती
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०