म्यानचेस्टर डर्बी : रोनाल्डोबिनाको युनाइटेड सिटीसामु निरीह

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ फाल्गुण, २०७८
४ वर्षअघि
म्यानचेस्टर डर्बी

इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत ‘म्यानचेस्टर डर्बी’ मा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

आइतबार राति भएको म्यानचेस्टर डर्बीमा केभिन डे ब्रुयने र रियाद मेहरेज चम्किएपछि पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४-१ अन्तरको जित निकालेकाे हाे ।

सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीको जितमा ब्रुयने र मेहरेजले दुई–दुई गोल गरे ।

युनाइटेडका जाडोन सान्चोको गोल सान्त्वना बन्यो ।

पहिलो हाफमा २-१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्दै शीर्ष स्थानमा पकड बलियो बनायो ।​

ब्रुयनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए ।

जाडोन सान्चोले २२औँ मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो ।

२८औँ मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए ।

यसपछि खेलको ६८ र ९०औँ मिनेट रियादले गोल गरेपछि सिटीले प्रभावशाली जित निकाल्यो ।

यस खेलमा युनाइटेडले आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई खेलाएको थिएन ।

प्रशिक्षक राल्फ राङनिकले उनलाई टोलीमै राखेनन् ।

जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ ।

जितसँगै सिटीले शीर्षता कायमै राखेको छ ।

सिटी २८ खेलमा ६९ अङ्क जोडेर शीर्ष स्थानमा छ ।

पराजित युनाइटेड भने पाँचौँ स्थानमा खस्किएको छ ।

उसले २८ खेलमा ४७ अङ्क जोडेको छ ।

आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो ।

गएराति आर्सनललाई जिताउन मार्टिन ओडेगार्ड, बुकायो साका र ग्राबियल मार्टिनेलीले एक–एक गोल गरे । वाटफोर्डका चुचो हर्नान्डेज र मौसा सिसोकोले एक–एक गोल गरे ।

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष चारमा आफ्नो स्थान कब्जा गरेको हो ।

जितसँगै चौथो स्थानमा उक्लिएको आर्सनलले २५ खेलमा ४८ अङ्क बनायो । वाटफोर्ड भने १९ अङ्कका साथ १९औँ स्थानमा छ ।

प्रिमियर लिगको शीर्ष चारको होड रोमाञ्चक छ । आर्सनल, युनाइटेड, वेस्ट ह्याम र टोटनह्याम शीर्ष चारका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यो पनि :

बार्सिलोनासँग इलचे २–१ ले पराजित

प्रकाशित समय: सोमबार २३ फाल्गुण, २०७८, ०७:४३:१३

सम्बन्धित खबर

मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा

बिहिबार ४ असार, २०८३
१ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको बराबरी, कंगोले बनायो रेकर्डधारी अंक

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न
बिहिबार ४ असार, २०८३
इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०