बार्सिलोनासँग इलचे २–१ ले पराजित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २२ फाल्गुण, २०७८
४ वर्षअघि
इलचे

१–० ले पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले ला लिगामा इलचे फुटबल क्लबविरुद्ध जित दर्ता गरेको छ ।

बार्सिलोनाको जितमा मेम्पिस डिपेले ८४औं मिनेटमा निर्णायक गोल गरे ।

पहिलो हाफको ४४औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इलचेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

मिडफिल्डमा बल गुमेपछि बार्सिलोनाका खेलाडीले त्यसलाई नियन्त्रणमा लिन प्रयास गरे पनि सफल हुन नसक्दा पहिलो गोल व्यहोरेको थियो ।

चाभेसको प्रहारलाई बार्सिलोनाका डिफेन्डर डयनी आल्भेस र गोलरक्षक टर स्टेगनले रोक्न प्रयास गरे पनि सफल हुन सकेनन् ।

१–० ले पछि पर्दै पहिलो हाफ सिध्याएको बार्सिलोनाका लागि फेरान टोरेसले दोस्रो हाफको ६०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए ।

उनी गाभीको स्थानमा दोस्रो हाफको सुरुवातमा नै मैदान प्रवेश गरेका थिए ।

डेम्बेले–अल्बा हुँदै इलचेको सिक्स यार्ड बक्सभित्र आइपुगेको बललाई टोरेसले जालीको दिशा दिएका थिए ।

बार्सिलोनालाई विजयी गराउन ७५औं मिनेटमा मैदान प्रवेश गरेको मेम्पिस डिपे नायक बने ।

पियरे इमरिक अबुमेयाङको स्थानमा मैदान प्रवेश गरेका उनले ८२औं मिनेटमा टोलीका लागि पेनाल्टी जिताएका थिए ।

पेनाल्टी बक्सभित्रबाट सहकर्मीलाई क्रस गर्ने क्रममा डिपेको बललाई इलचेका बारागनले हातले रोकेका थिए ।

सोही क्रममा म्याच रेफ्रीले बार्सिलोनालाई दिएको पेनाल्टीको मौकामा डिपेले सुन्दर गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाए ।

जितसँगै २६ खेल खेलेको बार्सिलोना स्पेनिस अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेका रियल बेटिस ४६ अङ्कसहित चौथो स्थानमा रहँदा ४५ अङ्क बटुलेको एट्लेटिको मड्रिड पाँचौँ स्थानमा छ ।

बार्सिलाेनासँग हार भाेगेकाे इलचे भने २९ अङ्कका साथ तालिकाकाे १४औं स्थानमा छ ।

यता समान २७ खेल खेलेका रियल मड्रिड र सेभिल्ला क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । ६३ अङ्कस्थित रियल ला लिगाको शीर्ष स्थानमा रहँदा ५५ अङ्क बटुलेको सेभिल्ला दोस्रो स्थानमा छ ।

प्रकाशित समय: आईतबार २२ फाल्गुण, २०७८, २३:१२:२४

सम्बन्धित खबर

मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा

बिहिबार ४ असार, २०८३
१ घण्टाअघि

रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने

बिहिबार ४ असार, २०८३
२ घण्टाअघि

इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलको बराबरी, कंगोले बनायो रेकर्डधारी अंक

बिहिबार ४ असार, २०८३
५ घण्टाअघि
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
बिहिबार ४ असार, २०८३
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
बिहिबार ४ असार, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ
बिहिबार ४ असार, २०८३
लिङ्देनलाई दिलविकासको खुलापत्र:’मेरो घर तुरुन्त खाली गर्नुस्’
बिहिबार ४ असार, २०८३
पशुपतिमा आरती : तीन करोडको अक्षयकोषमाथि उठ्यो पारदर्शिताको प्रश्न
बिहिबार ४ असार, २०८३
इंग्ल्यान्डको आक्रामक खेल, क्रोएसियाविरुद्ध निकाल्यो सानदार रोमाञ्चक जित
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०