केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
४ वर्षअघि

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्न सुझाव दिएका छन् ।

प्रेस चौतारी नेपाल प्रदेश १ को शनिबार बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै केपी ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका ।

मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने उनको सुझाव छ ।

‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ उनले भने ।

उनले प्रदेश १ को नाम कोसी किन राख्न नसकेको भन्दै आश्चर्यसमेत व्यक्त गरे ।

यस प्रदेशका लागि ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरे ।

साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ ।

प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने उनले जिकिर गरे ।

ओलीले जातीय नामकरणले प्रदेशमा सबैको पहिचान र इतिहास नसमेटिने बताए ।

‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको । कोसी सभ्यताबाट उठेको । कोसीबाट सिञ्चित हाम्रा रगतमा कोसीको पानी छ । हाम्रा रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी, मकालुको पानी छ, ’ ओलीले भने ।

‘त्यहाँबाट रसाएको, सिञ्चित भएको । सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरू कोसी प्रदेश राख्न नसके– ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?,’ उनले थपे ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले थरका पछाडि सभ्यता र इतिहास भएपनि प्रदेश १ का लागि कोसी सभ्यताभन्दा अर्को कुनै सभ्यता र इतिहास पुरानो हुन नसक्ने दाबी गरे ।

उनले अर्को प्रसङ्गमा नेपाली काङ्ग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे ।

वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उनले उल्लेख गरे ।

ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको काङ्ग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए ।

प्रकाशित समय: शनिवार २१ फाल्गुण, २०७८, १७:४७:०८

सम्बन्धित खबर

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा
शुक्रबार ८ साउन, २०८३
डा. केसीका पाँच बुँदे मागले फेरि तात्यो चिकित्सा शिक्षा, गेटा विवाददेखि राजनीतिसम्म बहस
शुक्रबार ८ साउन, २०८३
घुससहित पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत
शुक्रबार ८ साउन, २०८३
सांसद्हरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
शुक्रबार ८ साउन, २०८३
खैरो हेरोइनसहित चार जना पक्राउ
शुक्रबार ८ साउन, २०८३
प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल
शुक्रबार ८ साउन, २०८३
सहकारीको ऋण नतिरे जमानीकर्ता र नातेदारसम्मको बैंक खाता रोक्का हुने
बिहिबार ७ साउन, २०८३
रास्वपाका सभापति चीन भ्रमणमा जाने
बिहिबार ७ साउन, २०८३
पशु सेवा विभागले भन्यो, बर्डफ्लु संक्रमण देखिएको छैन
बिहिबार ७ साउन, २०८३
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ
बिहिबार ७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०