च्याम्पियन्स लिग : एथ्लेटिकोको अग्रता उल्टाउँदै म्यानचेस्टर युनाइटेडको बराबरी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ फाल्गुण, २०७८
५ वर्षअघि
म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले निर्धारित समय सकिन १० मिनेट बाँकी रहेको अवस्थामा गोल गर्दै युरोपियन च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ ।

बुधबार राति भएको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा म्यानचेस्टर युनाइटेडले एथ्लेटिकोलालाई उसैको घरमा १–१ गोलको बराबरीमा रोकेको हो ।

Advertisement

अब यी दुई टिमको दोस्रो लेगको खेलमा १५ मार्चमा युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने छ ।

दुवै लेगमा जित निकाल्ने टिम अन्तिम आठमा प्रवेश गर्ने छ ।

गएराति वान्डा मेट्रोपोलिटानोमा एथ्लेटिकोका लागि जाओ फेलिक्सले एक गोल गरे भने युनाइटेडका एन्थोनी इलाङ्गाले गोल फर्काए ।

घरेलु टिम एथ्लेटिकोले खेलको सातौँ मिनेटमा फेलिक्सको गोलमा सुरुआती अग्रता बनाएको थियो ।

खेलको ८०औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका इलाङ्गाले गोल गरेपछि खेल बराबरीमा सकियो ।

यस खेल अवधिभरि मैदानमै रहे पनि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गर्न सकेनन् ।

एथ्लेटिकोविरुद्धको उनको तथ्याङ्क उत्कृष्ट छ ।

रोनाल्डोले एथ्लेटिकोविरुद्ध ३६ खेल खेल्दा ३० गोलमा योगदान दिएका छन् ।

उनले एथ्लेटिकोविरुद्ध २५ गोल र पाँच असिस्ट गरेका छन् ।

रोनाल्डो सम्मेलित टोलीले एथ्लेटिकोलाई १६ पटक हराएको छ भने १० पटक बराबरी खेलेको छ ।

यस्तै, नौ खेलमा भने रोनाल्डोको टिमले हार बेहोरेको छ ।

अनि रोनाल्डो रियल मड्रिडले सन् २०१४ र २०१६ गरी दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेर एथ्लेटिकोलाई हराउँदै उपाधि जितेको छ ।

सन् २०१० मा ला लिगाअन्तर्गत रियल मड्रिडले एथ्लेटिकोलाई २–० गोलले हराउँदा रोनाल्डोले पहिलो पटक एथ्लेटिकोविरुद्ध खेलेका थिए ।

त्यसयता उनले एथ्लेटिकोको पोस्टमा चार पटक ह्याट्रिक गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत गएराति नै भएको अर्को खेलमा डच क्लब आयाक्सले पोर्चुगलको बेन्फिकासँग २-२ गोलको बराबरी खेल्यो ।

आयाक्सका लागि डुसान टेडिक र सेबास्टिएन हलरले एक-एक गोल गरे भने बेन्फिकाका रोमन यारेन्चुकले एक गोल गरे ।

बेन्फिकाले एउटा आत्मघाती गोल भने उपहारमा पाएको थियो ।

गोलकर्ता हलरले नै आत्मघाती गोल गरेका थिए ।

अब, आयाक्स र बेन्फिकाबीचको दोस्रो लेगको खेल १५ मार्चमा हुने छ ।

दुवै खेलमा जित निकाल्ने टोलीले अन्तिम आठमा स्थान पक्का गर्ने छ ।

यो पनि :

च्याम्पियन्स लिग : चेल्सीको सहज जित, बराबरीमा रोकियो युभेन्टस

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०