बर्जु प्रकरण : घरजग्गा धरौटीमा राखेर आयोजकले दियो खेसरीलाललाई क्षतिपूर्ति

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
२ वर्षअघि
दर्शकको भीडले सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेका छन् ।

सुनसरीको बर्जु गाउँपालिकामामा माघ ४ गते भएको बर्जु महोत्सव प्रकरणमा आयोजक समितिले आफ्नो घरजग्गा धराैटीमा राखेर क्षतिपूर्ति बेहोरेको छ ।

छानबिन समितिले १० माघमा आयोजक कमिटीले नै क्षतिपूर्ति बेहोर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

त्यसपछि आयोजक समितिका ६ जनाले आफ्नो घरजग्गा धरौटीमा राखेर क्षतिपूर्ति बेहोरेका छन् ।

आयोजक बर्जु सामुदायिक विकास केन्द्र कार्यक्रम आयोजक कमिटीका अध्यक्ष श्रवणकुमार चौधरीले करिब ५८ लाख क्षतिपूर्ति बेहोरेको जानकारी दिए ।

टिकट बेचेको १२ लाख जति आक्रोशित भिडले लुटेर लगेपछि घरजग्गा धरौटीमा राखेर तथा ऋण लिएर क्षतिपूर्ति तिर्नु परेको चौधरीको भनाइ छ ।

‘एक जनाको भागमा नौ लाख ६६ हजार पर्दो रहेछ,’ चौधरीले शब्द एक्सप्रेससँग भने, ‘घरजग्गा धरौटीमा राखेर र किस्ताबाट रकम निकालेर तिरेका छौँ ।’

उनीहरूले भोजपुरी कलाकार खेसरीलाल यादवलाई ३६ लाख रुपैयाँ तिरेका छन् ।

अघिल्लोपटक बुझाएको १८ लाखमै जोडेर ३६ लाख रुपैयाँ क्षतिपूर्ति बुझाएको अध्यक्ष चौधरीले जानकारी दिए ।

खेसरीलाललाई ३६ लाख, उनीसँग आएका कलाकारलाई पाँच लाख, साउन्ड सिस्टमलाई १५ लाख, कुर्सी र टेन्टवालालाई डेढ लाख रुपैयाँ दिएको हो ।

कुर्सी र टेन्टवालालाई ६ लाख रुपैयाँ दिनुपर्नेमध्ये डेढ लाख दिइएको अध्यक्ष चौधरीको भनाइ छ ।

उनका अनुसार टिकटको अर्धकट्टी बोकेर आएमा उनीहरूले पनि क्षतिपूर्ति पाउने छन् ।

आयोजकले सरकार र प्रशासनको उर्दी लतार्दै महोत्सवको अन्तिम दिन कार्यक्रम गर्न खोज्दा अप्रिय घटना घटेको थियो ।

आयोजकले खेसरीलाललाई विराटनगर ल्याएर महोत्सवको टिकट बेचेको थियो ।

तर खेसरीलाल महोत्सवस्थल नआएको भन्दै आक्रोशित भिडले कलाकारको टिमको चारवटा गाडी जलाएको थियो ।

यस्तै, साउन्डसिस्टस र कुर्सी तोडफोड गर्दा करिब चार करोडको क्षति भएको अनुमान गरिएको थियो ।

माघ ४ गते हुने बृहत्त् कार्यक्रम रोक्न प्रहरीले मुख्य आकर्षक खेसरीलाललाई महोत्सवस्थल पुग्न दिएको थिएन ।

जसकारण तीन सय दरको टिकट काटेर भुँइमा बसेका र पाँच सय दरका टिकट काटेर कुर्सीमा बसेका दर्शक आगजनी र तोडफोडमा उत्रिएका थिए ।

जसका कारण खेसरीलालको टिमका चारवटा स्कारपियो गाडी जलेको थियो ।

दुईवटा ‘भिआइपी’ गाडीहरू भने खेसरीलाल बसेको विराटनगरस्थित होटल एसिया–टिकमा सुरक्षित रहेका थिए ।

 

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, २२:००:५२
ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
आईतबार १६ ब‌ैशाख, २०८१
विराटनगरमा छ खपिनसक्नुको गर्मी, जनजीवन बन्यो प्रभावित
आईतबार १६ ब‌ैशाख, २०८१
वेस्ट इन्डिज ‘ए’ सँग १० रनले हार्‍यो नेपाल
आईतबार १६ ब‌ैशाख, २०८१
रंगेली नगरपालिकाले अग्निपीडितहरूको नयाँ घर बनाइदिने
आईतबार १६ ब‌ैशाख, २०८१
सन्दीप लामिछानेको पुनरावेदनमाथि सुनुवाइ हुँदै
आईतबार १६ ब‌ैशाख, २०८१
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
शुक्रबार १४ ब‌ैशाख, २०८१
शिक्षादीपमा जलवायु सम्मेलन : जलवायु र वातावरण प्रदूषणका मुद्दामा विद्यार्थीको चासो
शुक्रबार १४ ब‌ैशाख, २०८१
एक वर्षदेखि अनुपस्थित रहेका सहसचिवको जागिर चैट
शुक्रबार १४ ब‌ैशाख, २०८१
५७ वर्षीय त्रिपाठी, जसले दिँदै छन् कक्षा १२ को परीक्षा
शुक्रबार १४ ब‌ैशाख, २०८१
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शुक्रबार १४ ब‌ैशाख, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०
बुबाको मृत्युपछि आमाको गर्जो धान्दै थिइन् सम्झना, सडक दुर्घटनामा गयो उनकै ज्यान
बिहिबार १७ फाल्गुण, २०८०