विराटनगर । आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली नेपाल आइपुगेको छ।
भुटानी टोलीले नेपाल बसाइका क्रममा पोखरामा चारवटा टी-२० अभ्यास खेल खेल्नेछ।
भुटानले सेप्टेम्बर २७ र २८ मा गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई खेल खेल्नेछ।त्यसपछि सेप्टेम्बर ३० र अक्टोबर १ मा भुटानले क्यान-११ सँग दुई अभ्यास खेल खेल्नेछ।
चारवटै खेल पोखरा क्रिकेट मैदानमा हुनेछन्।अभ्यास खेलपछि भुटानी टोली अक्टोबर ३ मा मलेसिया प्रस्थान गर्नेछ।