जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक नकआउट चरणमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ असार, २०८३
३ महिनाअघि

विराटनगर । जर्मनीलाई हराउँदै इक्वाडर पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेको छ ।

अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गतको खेलमा इक्वाडरले जर्मनीलाई २–१ ले हराउँदै ऐतिहासिक रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।

Advertisement

खेलको दोस्रो मिनेटमै लिरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर इक्वाडरले नवौं मिनेटमै निल्सन एङ्गुलोको गोलमार्फत खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि निर्णायक गोल ७७औँ मिनेटमा गोन्जालो प्लाटाले गर्दै इक्वाडरलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यस जितसँगै इक्वाडर विश्वकपको नकआउट चरणमा २००६ पछि पहिलो पटक पुगेको हो । जर्मनी भने यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको थियो, त्यसैले हारका बाबजुद प्रतियोगिताबाट बाहिरिएको छैन ।

८० हजारभन्दा बढी दर्शक उपस्थित रहेको खेलमा इक्वाडरका समर्थकहरूको उत्साहपूर्ण साथले टोलीलाई थप ऊर्जा दिएको देखिएको थियो । अब इक्वाडरले अन्तिम ३२ मा आफ्नो अर्को प्रतिद्वन्द्वीको प्रतीक्षा गर्नेछ भने जर्मनीले पनि नकआउट चरणको तयारी अघि बढाउनेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०