देवानगन्ज पूर्ण खोप सुनिश्चितता पालिका घोषित

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ असार, २०८३
३ महिनाअघि

देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिकाका रूपमा घोषित भएको छ । गाउँपालिका परिसरमा सोमबार आयोजित एक कार्यक्रमबीच पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका लक्षित सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले पूर्ण खोप सुनिश्चितता कायम राख्नु स्थानीय सरकारको साझा जिम्मेवारी भएको बताउँदै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेशकुमार ठाकुर, स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सतीशकुमार ठाकुर, स्वास्थ्य कार्यालयका फोकल पर्सन कन्हैया कुमार साह, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृत्यानन्द यादव तथा पालिकाभरिका ७६ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख यादवले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो स्तरसम्म पुगेर महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा खोप अभियानमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको योगदानको समेत प्रशंसा गरिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०