प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएको हर्क साम्पाङको आरोप

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ जेठ, २०८३
३ महिनाअघि

काठमाडौं । हर्कराज राई (हर्क साम्पाङ)ले देशको भूगोलभन्दा ठूलो कुनै विकासे कामकाज हुन नसक्ने भन्दै राष्ट्रिय सार्वभौमसत्ता सबैभन्दा माथि रहने बताएका छन्। विज्ञप्ति जारी गर्दै उनले दशकौँदेखि नेपालको सीमा भारतले मिच्दै आएको दाबी गर्दै प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

‘सार्वभौमसत्ताभन्दा ठूलो कुनै विषय बन्न सक्दैन, बन्नु हुँदैन। यथार्थमा दशकौँदेखि हाम्रो सिमाना भारतले मिच्दै आइरहेको छ,’ विज्ञप्तिमा उल्लेख गर्दै उनले प्रधानमन्त्रीले ‘नेपालले पनि धेरै ठाउँमा भारतको सीमा मिचेको छ’ भनेको अभिव्यक्ति राष्ट्रघाती र तथ्यहीन भएको आरोप लगाएका छन्। यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमा आघात पुगेको उनको भनाइ छ।

यसै विषयमा प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने माग राख्दै आफूहरूले बुधबार संसद्मा विरोध जनाएको पनि साम्पाङले स्मरण गराएका छन्।

उनले शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण दिने क्रममा श्रम संस्कृति पार्टीको असहमति र विरोधलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

‘लोकतान्त्रिक संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोतिएको छ। यो अत्यन्तै निन्दनीय व्यवहारको हामी घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

संसदको मर्यादा र गरिमा दिनप्रतिदिन खस्कँदै गएको दाबी गर्दै साम्पाङले यसको प्रमुख कारण सभामुखको कमजोरी रहेको आरोप समेत लगाएका छन्।

प्रकाशित समय: बिहिबार २८ जेठ, २०८३, १०:३५:५६
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०