भ्रष्टाचार मुद्दापछि वीरगन्जका मेयर राजेशमान सिंह निलम्बित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २५ जेठ, २०८३
२ महिनाअघि

विराटनगर । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बनमा परेका छन्।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

अख्तियारले सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाई झुटा विवरणका आधारमा नागरिकता दिलाएको ठहर गर्दै मुद्दा दायर गरेको जनाएको छ।

कानुनी व्यवस्थाअनुसार भ्रष्टाचार मुद्दा दर्ता भएपछि सार्वजनिक पद धारण गरेका व्यक्ति स्वतः निलम्बनमा पर्ने व्यवस्था छ।

अख्तियारका अनुसार सिंहले रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी रुविना श्रेष्ठका रूपमा कायम गरी नागरिकता दिलाएका थिए।

यस प्रक्रियामा वीरगन्ज महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा गृह मन्त्रालयको छानबिन समितिका सदस्यहरूको समेत मिलेमतो रहेको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा सिंहले ‘रुविना श्रेष्ठ’ को जन्मदर्ता बनाउन स्वयं सूचक बनेर वि.सं. २०७१ कात्तिक २० गते वीरगन्ज महानगरपालिका-३ को वडा कार्यालयमा फाराम भरेको खुलेको छ।

सोही जन्मदर्ताका आधारमा वि.सं. २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्सा बाट नागरिकता जारी गरिएको अख्तियारले जनाएको छ।

यस्तै, नागरिकता प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिका संयोजक तत्कालीन उपसचिव पुष्कर राना र सदस्य शाखा अधिकृत पर्शुराम पोखरेलले दोषीलाई जोगाउने उद्देश्यले भ्रामक प्रतिवेदन तयार गरेको दाबी समेत अख्तियारले गरेको छ।

अख्तियारले घटनामा संलग्न सबै व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही र सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित समय: सोमबार २५ जेठ, २०८३, १७:३९:३४
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०