नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
४ महिनाअघि

काठमाडौं । रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटपछि नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताएका छन्।

भारत भ्रमणका क्रममा बुधबार प्रधानमन्त्री मोदीसँग झण्डै एक घण्टा लामो भेटवार्ता गरेका लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत भेटलाई फलदायी र भविष्यकेन्द्रित संवादको रूपमा व्याख्या गरेका छन्।

लामिछानेका अनुसार भेटका क्रममा नेपाल र भारतबीच विगतमा देखिएका जटिलता र अप्ठ्याराहरूलाई पार गर्दै विकास, समृद्धि र साझा हितमा आधारित नयाँ कूटनीतिक सम्बन्ध निर्माण गर्ने विषयमा गहन छलफल भएको थियो।

उनले नेपाल–भारत सम्बन्धलाई केवल राजनीतिक र कूटनीतिक दृष्टिकोणबाट मात्र नभई साझा सभ्यता, आर्थिक विकास र प्रविधिमैत्री सहकार्यको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौँ,’ लामिछानेले उल्लेख गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताको साझा समृद्धिका लागि रहेका सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन्।

रास्वपाका सभापति लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका उनले पछिल्ला दिनहरूमा भारतका उच्च राजनीतिक नेतृत्वसँग लगातार भेटवार्ता गरिरहेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर सँगको भेटपछि प्रधानमन्त्री मोदीसँग भएको संवादलाई लामिछानेको भ्रमणको सबैभन्दा महत्वपूर्ण भेटका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, डिजिटल पूर्वाधार, व्यापार, लगानी तथा सीमापार कनेक्टिभिटीका विषयमा भएको छलफलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने संकेत दिएको छ ।

प्रकाशित समय: बुधबार २० जेठ, २०८३, १७:५८:४४
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०