नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजाने विषयमा मोदी–रवि छलफल

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २० जेठ, २०८३
५ महिनाअघि

काठमाडौं । रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटपछि नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान सकिने बताएका छन्।

भारत भ्रमणका क्रममा बुधबार प्रधानमन्त्री मोदीसँग झण्डै एक घण्टा लामो भेटवार्ता गरेका लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत भेटलाई फलदायी र भविष्यकेन्द्रित संवादको रूपमा व्याख्या गरेका छन्।

Advertisement

लामिछानेका अनुसार भेटका क्रममा नेपाल र भारतबीच विगतमा देखिएका जटिलता र अप्ठ्याराहरूलाई पार गर्दै विकास, समृद्धि र साझा हितमा आधारित नयाँ कूटनीतिक सम्बन्ध निर्माण गर्ने विषयमा गहन छलफल भएको थियो।

उनले नेपाल–भारत सम्बन्धलाई केवल राजनीतिक र कूटनीतिक दृष्टिकोणबाट मात्र नभई साझा सभ्यता, आर्थिक विकास र प्रविधिमैत्री सहकार्यको आधारमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौँ,’ लामिछानेले उल्लेख गरेका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताको साझा समृद्धिका लागि रहेका सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन्।

रास्वपाका सभापति लामिछानेको भारत भ्रमणलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेका उनले पछिल्ला दिनहरूमा भारतका उच्च राजनीतिक नेतृत्वसँग लगातार भेटवार्ता गरिरहेका छन्।

भारतीय विदेशमन्त्री एस जयशंकर सँगको भेटपछि प्रधानमन्त्री मोदीसँग भएको संवादलाई लामिछानेको भ्रमणको सबैभन्दा महत्वपूर्ण भेटका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार नेपाल–भारत सम्बन्ध, आर्थिक सहकार्य, डिजिटल पूर्वाधार, व्यापार, लगानी तथा सीमापार कनेक्टिभिटीका विषयमा भएको छलफलले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने संकेत दिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
१४ घण्टाअघि

दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे

आईतबार २ कार्तिक, २०८३
२३ घण्टाअघि

दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
३ दिनअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०