राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्ने भएको छ।पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज साँझ ६ बजे सचिवालय बैठक बस्दैछ।
बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिकालगायतका विभिन्न विषयमा छलफल हुने बताइएको छ। यस्तै, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने र जिल्ला समिति विघटनबारे पनि सचिवालयबाट निर्णय गर्ने तयारी गरिएको बताइएको छ।