संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका छन्।

राष्ट्रपतिले संविधान र लोकतन्त्रको मर्मअनुसार बहुमतीय प्रणाली जोगाउनुपर्ने भन्दै अध्यादेश फिर्ता पठाएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। यसअघि पनि संसद्का दुवै सदनबाट पारित विधेयक बहुमतीय प्रणालीविपरीत रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएका थिए।

Advertisement

सरकारले ल्याएको अध्यादेशमा ६ सदस्यीय संवैधानिक परिषद् मा ३ जनामात्रै उपस्थित भएर निर्णय गर्न सकिने प्रावधान राखिएको थियो। यही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिले पुनर्विचार आवश्यक ठानेका हुन्।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ। प्रचलित ऐनअनुसार बैठक बस्न अध्यक्षसहित कम्तीमा चार सदस्य उपस्थित हुनुपर्ने गणपूरक संख्या तोकिएको छ।

यसअघि प्रस्तावित व्यवस्थामा विभिन्न अवस्थाअनुसार न्यून सदस्यबाटै निर्णय लिन सकिने प्रावधान राखिएको थियो। राष्ट्रपतिले यस्तो प्रावधानले शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलन कमजोर पार्ने तथा स्वेच्छाचारिताको जोखिम बढाउने टिप्पणी गरेका छन्।

“कुनै पनि अवस्थामा कुल संख्याको बहुमतबाट निर्णय हुने व्यवस्था ओझेलमा पर्नु हुँदैन,” राष्ट्रपतिको धारणा उद्धृत गर्दै स्रोतले जनाएको छ।

यसअघि पनि समान प्रकृतिको प्रस्तावप्रति राष्ट्रपतिले असहमति जनाएका थिए। अहिले बालेन शाह नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा पनि उस्तै प्रावधान समेटिएपछि पुनः फिर्ता पठाइएको हो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०