नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १९ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

शनिबार जारी गरिएको विज्ञप्तिअनुसार साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सञ्चालन गरिनेछ। त्यसपछि भदौ १५ गतेसम्म वडा अधिवेशन, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिने कार्यतालिका तय गरिएको छ।

Advertisement

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जेठ मसान्तभित्र केन्द्रदेखि टोल तहसम्मका सबै संगठनात्मक संरचना तथा जनवर्गीय/मोर्चा संगठनहरूको एकीकरण र समायोजन सम्पन्न गरिने जानकारी दिए।

पार्टीले वडादेखि केन्द्रसम्मका सबै कमिटी समानुपातिक र समावेशी सिद्धान्तका आधारमा गठन गरिने जनाएको छ। साथै, निर्वाचित कमिटीमा अनुभवी, प्रौढ, युवा तथा नवयुवाको सहभागिता सुनिश्चित गर्दै युवा प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिइएको छ।

यसैबीच, पार्टीले संविधान संशोधनका लागि सुझाव दिन विशेष कार्यदल पनि गठन गरेको छ। उक्त कार्यदलमा देवप्रसाद गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, डा. मुक्तिनारायण प्रधान, डा. खिमलाल देवकोटा, जगदेव चौधरी, डम्बर विक्रम कार्की र डा. रामबहादुर चौधरी रहेका छन्।

पार्टी एकीकरणपछि गठन भएको कार्यसंयोजन समितिको चैत १९ देखि वैशाख १४ सम्म बसेको बैठकले अन्तरिम विधान–२०८२ अनुसार केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने निर्णयसमेत गरेको प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०