चुपचाप रहेका आङ्देम्बे एकाएक शक्तिको केन्द्रमा

पुष्पा आचार्य
बुधबार १६ ब‌ैशाख, २०८३
३ महिनाअघि

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको प्यानलमा चुपचाप देखिएका भीष्मराज आङ्देम्बेको राजनीतिक भाग्य भने सभापति गगन थापाले खोलिदिएका छन् । थापाले उनलाई समानुपातिकबाट पाँचथरको प्रतिनिधिसभा सदस्य मात्र बनाएनन्, कांग्रेसको इतिहासमै पहिलोपटक जनजाति समुदायबाट संसदीय दलको नेता बनाउँदै देउवा समूहको छायाँमा हराइरहेका अनुहारलाई शक्तिको केन्द्रमा पुर्‍याइदिएका छन्। पहिलो संविधानसभा सदस्य निर्वाचनपछि कांग्रेसले पहिलोपल्ट दलको नेता सर्वसम्मत चयन गरेको हो ।

यसले पार्टीभित्र शक्ति सन्तुलनको नयाँ सन्देश दिएको छ। यसअघि मोहन आचार्य र अर्जुननरसिंह केसीको नामसमेत चर्चामा रहे पनि अन्तिममा आङ्देम्बेको नाममा सहमति जुटेको हो । उनलाई पूर्वसभापति देउवा र शेखर कोइराला पक्षको समेत समर्थन रहेको थियो भने सर्वसम्मतिमा दलको नेता चयन गर्न उपसभापति विश्वप्रकाश शर्माले पनि सक्रियता देखाएका थिए। उनले लामो समयदेखि पार्टीभित्रको राजनीतिक सन्तुलन मिलाउन र मझधारको भूमिका निर्वाह गर्दै आएका थिए।  तर उनको यात्रा सजिलो थिएन ।

२०२० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ साविक नवमीडाँडामा जन्मेका उनी विभिन्न आन्दोलनमा सक्रिय रहेका छन् । कांग्रेसको १४ औं महाधिवशेनमा नेता आङ्देम्बे निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट आदिवासी-जनजाति कलस्टरअन्तर्गत सहमहामन्त्रीमा निर्वाचित भएका थिए । उनी संविधानसभा सदस्य निर्वाचन २०७० मा संविधानसभाका सदस्य थिए । तत्कालीन समयमा उनले संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित समिति सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

आङदेम्बेले २०७७ सालमा कांग्रेसको केन्द्रीय अनुशासन समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए। २०३६ सालमा उनी पाँचथरको फिदिम माध्यामिक विद्यालयमा अध्ययनरत थिए । जनमत संग्रहको समयमा उनले विद्यालयमा प्रार्थनाका लागि सहपाठीहरू पंक्ति –लाइनमा उभिएका बेला टाउकोमा कालो रूमाल बाँधेर विद्रोह गरेका थिए । २०३९ सालको राष्ट्रिय पञ्चायतको चुनावमा आङ्देम्बेले आफ्ना बाजे देउमान आङ्देम्बे ९पूर्वमन्त्री० बाट पैसा लिएर कांग्रेस समर्थित पाँचथरका उम्मेदवार मानबहादुर जबेगूलाई आर्थिक सहयोग गरेका थिए ।

२०४२ सालमा कांग्रेस नेताहरू सत्याग्रह बसे । तत्कालीन समयमा आङ्देम्बेले नौ महिना जेल बस्नुपरेको थियो । त्यसपछि उनी पटक-पटक गरी डेढ वर्ष जेल बसेका थिए । २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका उनले पहिलो जनआन्दोलनमा केन्द्रीय सदस्यको रूपमा पूर्वाञ्चलको कमाण्ड समेत सम्हालेका थिए । त्यसबेला उनले संगठन निर्माण, कार्यकर्ता परिचालन र लोकतान्त्रिक मूल्यको विस्तारमा महत्वपूर्ण भूमिका खेले । यही अवधिमा उनले नेतृत्व र क्षमता विकास गर्दै पार्टीमा अलग पहिचान बनाउन सफल भए ।

२०४९ को स्थानीय निकायको निर्वाचनताका आङ्देम्बेको नाम जिल्ला विकास समिति पाँचथरको सभापतिका लागि चर्चामा आयो । तर, उनले अग्रह नेता भूविक्रम नेम्बाङलाई समर्थन गरेर जिल्ला विकास समितिको सदस्यमा बसे । जिल्ला विकास समिति सदस्य आङ्देम्बेका लागि पहिलो जनप्रतिनिधिको रूपमा काम गर्ने अनुभव थियो । त्यसपछि उनी पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ को कांग्रेस सभापति भए ।२०५१ सालमा उनी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष भए । त्यसबेला अध्यक्ष बालकृष्ण खाँण थिए ।

२०५६ सालमा आङ्देम्बेले पाँचथर-२ बाट संसदीय निर्वाचन लडेका थिए । उनी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा निर्वाचित भए । उनी पार्टीको ११ औं, १२ औं र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए ।

 

प्रकाशित समय: बुधबार १६ ब‌ैशाख, २०८३, ०८:००:३४

सम्बन्धित खबर

सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
निम्स दाइको निधनमा गाउँपालिकाद्वारा शोक बिदा घोषणा
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०